Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKगैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित

गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित


लण्डन। गैरआवासीय नेपाली संघ डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित भएका छन्। शनिबार विद्युतीय माध्यमबाट भएको मतदान अनुसरा शर्मा ६ सय ५३ मत पाएर विजयी भए। अध्यक्षमा प्रतिस्पर्धी जमुनादेवी कंडेलले २४२ मत र राधाकृष्ण सापकोटाले १ सय ३९ मत प्राप्त गरे।

यस्तै संघको उपाध्यक्षमा नीलविक्रम थापा र प्रदीप अधिकारी चुनिएका छन्। महासचिव नवराज आचार्य (नवीन), कोषाध्यक्षमा देव कुमार गिरी, युवा संयोजकमा भुवन खड्का र सदस्यहरूमा एलेक्स पोख्रेल, गोविन्द पौडेल, निराजन गुरूङ, राम प्रशाद अर्याल, सन्तोष बस्नेत निर्वाचित भएका छन्। आइसिसि सदस्यमा दीपकराज रिजाल निर्वाचित भए।

महिला उपाध्यक्षमा मनिषा सिंह कोइराला, सचिवमा निलम रानाभाट, सहकोषाध्यक्षमा सरस्वती कार्की, महिला संयोजक लक्ष्मी बेलबासे अधिकारी,महिला सदस्यमा अम्बिका अधिकारी र आश्मा कोइराला निर्विरोध निर्वाचित भएका थिए। गैरआवासीय नेपाली संघ डेनमार्कको नेतृत्व चयनको लागि १ हजार ४६ मतदाताले माग लिएका थिए। संघको नयाँ नेतृत्व आगामी असोजमा चुनिने कार्यतालिका छ। यसको लागि अहिले विभिन्न देशमा निर्वाचनकोे कार्यक्रम शुरू भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

Techie IT