Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनआज साउथ स्टार विजय देवरकोन्डाको जन्मदिन, उनीबारे थाहा पाउनुहोस् रोचक तथ्यहरु

आज साउथ स्टार विजय देवरकोन्डाको जन्मदिन, उनीबारे थाहा पाउनुहोस् रोचक तथ्यहरु


 

एजेन्सी । साउथ फिल्ममा हिट फिल्म दिने अभिनेता हुन् विजय देवरकोन्डा । उनी अभिनित फिल्महरुले बक्स अफिसमा तहल्का मच्चाउँदै थुप्रै रेकर्डहरु राख्न सफल बनेको थियो । उनी अभिनित फिल्म ‘अर्जन रेड्डी’को बलिउड रिमेक ‘कवीर सिंह’ले बलिउड स्टार शाहिद कपुरको करिअरलाई नै थप उचाईमा पुर्याएको थियो ।

 

 

सन् १९८९ मे ९ मा अर्थात् आजकै दिनमा जन्मिएका विजयबारे विभिन्न तथ्यहरु रहेका छन् जुन तपाईलाई जानकारी नहुन सक्छ । ती तथ्यहरुबारे चर्चा गरौं ।

 

 

१. आफ्नो करिअरमा फिल्मफेयर अवार्ड जित्न कुनै कलाकारको लागि सामान्य कुरा होइन । तर विजयको लागि यो अवार्ड जित्नु मात्र ठूलो कुरा रहेन । उनले पहिलो फिल्मफेयर अवार्ड ‘अर्जुन रेड्डी’को लागि प्राप्त गरे तर उनले त्यो अवार्ड अक्सनमा राख्दै २५ लाखमा बिक्रि गरे । उक्त रकम उनले ‘सिएम रिलिफ फन्ड’मा दान गरे । उनले अवार्डलाई घरमा सजाएर राख्नु भन्दा बरु मेरा फ्यानहरु र गरिब मानिसहरुका लागि केही गर्न सकेँ भने मेरो लागि खुसीको क्षण हुनेछ भन्ने बताएका थिए ।

 

 

२. उनले १० कक्षासम्म बोर्डिङ स्कुलमा अध्ययन गरे । उनले बोर्डिङमा अध्ययन गर्दाको क्षणले आफूलाई अनुशासनमा बस्न सहयोग पुगेको बताउँछन् । उनी बोर्डिङमा रहँदा तेलुगु बोल्न पनि बिर्सिएका थिए । उनी धेरैजसो अंग्रेजी बोल्दथे ।

 

 

३. विजयलाई फिल्म ‘अर्जुन रेड्डी’को लागि आजसम्म पनि आलोचना गरिन्छ । फिल्ममा उनको भूमिकालाई लिएर युवावर्गलाई नकरात्मक असर पुग्ने भन्दै आलोचना भएको थियो भने कैयौं दृश्यहरुलाई लिएर कन्ट्रोभर्सी पनि गरिएको थियो । त्यसका लागि अर्जुन फिल्मको नकरात्मक पक्षमात्र नकेलाउन आग्रह गरेका थिए भने उनले मानिसहरु किन एक कुरालाई मात्र ध्यान दिन्छन् ? भनेर प्रश्न गर्दै फिल्ममा अर्जुन एक टप स्टुडेन्ट र इमान्दार सर्जन पनि रहेको र युवा उक्त अर्जुनबाट प्रभावित हुन सक्ने बताएका थिए ।

 

 

४. अर्जुन रेड्डीको हिन्दी रिमेक कवीर सिंहको लागि शाहिद कपुर भन्दा पहिले सुरुमा अर्जुन रेड्डीलाई फिल्ममा कवीर सिंहको भूमिकामा खेल्न फिल्मका निर्देशक सन्दीप भांगा रेड्डीले आग्रह गरेका थिए । तर विजयले आफूले पहिले नै उक्त फिल्म गरिसकेको र फेरि ६ महिना उही भूमिकामा देखा पर्न नचाहने भन्दै प्रस्ताव अस्वीकार गरेका थिए ।

 

 

. विजयलाई सन् २०१९ मा ‘फोब्र्स’को सेलिब्रिटी लिस्टमा सामेल गराईएको थियो । यो उनको लागि एक महत्वपूर्ण क्षण बन्न पुग्यो । किनभने उनले भावुक हुँदै बताएका थिए कि ५ वर्ष पहिले उनको बैंक खाता ‘लो एकाउन्ट’को कारणले बन्द भएको थियो भने उनले १ हजार रुपैंयाको मासिक रकम पनि जम्मा गर्न सकेका थिएनन् ।

 

 

६. विजयले अर्जुन रेड्डी फिल्ममा काम गर्नुभन्दा पहिले जीवनमा कहिल्यै पनि धुम्रपान गरेका थिएनन् । उनले फिल्मको लागि नै धुम्रपान गर्न सिके । विजयलाई सुटिङको क्रममा पनि धुम्रपान गर्न फिटिक्कै मन पर्दैनथ्यो । उनलाई एकदमै रिस उठ्दथ्यो जब फिल्ममा धुम्रपान गरेको दृश्यलाई ‘रि–टेक’ गर्नुपथ्र्यो । फिल्मको सुटिङ सकेपछि उनलाई धुम्रपान गर्ने लत छुट्न गाह्रो भयो । आजपनि कहिलेकाहीँ डिङ्क्स गर्दा उनलाई धुम्रपान गर्न मन लागेको उनी बताउँछन् ।

 

 

७. उनको इन्स्टाग्राममा १८.२ मिलियन भन्दा बढी फलोअर्स रहेका छन् भने ट्विटरमा ३.५ मिलियन फलोअर्स रहेका छन् । तर सबैभन्दा अचम्मको कुरा के रहेको छ भने ती दुवै सामाजिक सञ्जालमा उनले कसैलाई फलो गरेका छैनन् । दुवै ठाउँमा उनको फलोइङ अप्सनमा जीरो रहेको छ ।

 

 

८. विजय आफ्नो फ्यानहरुलाई ‘राउडीज’ भन्दछन् । यसपछाडि एक रहस्य रहेको छ । उनलाई कहिल्यै पनि ‘फ्यान’ शब्द राम्रो लागेन । र उनले कहिल्यै आफ्नो फ्यानहरुलाई फ्यान शब्दले नबोलाउने निधो गरे । एक कार्यक्रममा विजयलाई हेर्न लाखौं दर्शकहरु उपस्थित थिए । त्यसैक्रममा उनले भने ‘आई सी यु अल एक्टिङ लाइक राउडीज’ । त्यसपछि त्यहीँबाट नै उनले फ्यानहरुलाई राउडीज भन्न थाले ।

 

 

९. विजयका लागि आफ्नो ‘ग्राजुएशन’ जीवनको सबैभन्दा अल्छीलाग्दो क्षण थियो । उनी आफ्नो भविष्यलाई लिएर एकदमै दुविधामा रहन्थे भने उनको जीवनमा कुनै जटिल अनुभव थिएन । एकदिन घरमा बस्दाबस्दै उनलाई आफ्नो बुबाले पनि गाली गरे कि तिमिलाई यसरी घरमै बसिरहन छ भने म कलेजमा तिम्रो लागि पैसा किन बर्बाद गरुँ ? यसै कुराले उनलाई मनमा चिसो पस्यो र उनले बुबालाई भने, ‘यदि तपाईसँग यति रकम छ भने मलाई न्युयोर्कको एक्टिङ स्कुलमा किन भर्ना गरिदिनुहुन्न ? त्यसपछि म तपाईलाई एक कलाकार बनेर देखाउनेछु ।’ उनले रिसको झोंकमा आफ्नो बुबालाई तल पार्न यसो भनेका थिए, उनलाई थाहा थियो कि आफ्नो बुबाले न्युयोर्कमा भर्ना गराउनका लागि पैसा पुर्याउन सक्दैनथे । तर उनका बुबाले एक थ्रियटरमा सम्पर्क गर्दै उनलाई एक्टिङमा रुचि छ भने थ्रियटरमा भर्ना हुन आग्रह गरे । त्यहाँबाट नै विजयको एक्टिङ करिअरको सुरुवात भयो ।

 

 

१०. सन् २०११ मा फिल्म ‘नुविल्ला’ बाट डेब्यु गरेपछि विजयलाई लाग्यो कि अब आफूलाई फिल्मको लागि सजिलै रोल प्राप्त हुनेछ । तर यस्तो कदापि भएन । उनलाई अर्को फिल्ममा मुख्य भूमिकामा देखा पर्न ४ वर्ष लाग्यो । उनले त्यसबीचमा अर्को करिअरका लागि सोँच्न सुरु पनि गरिसकेका थिए । उनी त्यसबेला २५ वर्षका थिए । तर सन् २०१५ वर्षमा रिलिज ‘एभादे सुव्रमन्यम’ फिल्ममा सहायक भूमिकामा देखा परेका उनलाई उक्त फिल्मले आफ्नो करिअर नै बदल्यो । उक्त फिल्म हेरेर नै सन्दीप भांगा रेड्डीले उनलाई अर्जुन रेड्डीको लागि मूख्य भूमिकामा प्रस्ताव गरेका थिए । उनी ७ वटा अवार्डबाट सम्मानित भइसकेका छन् ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

Techie IT