Techie IT
२०८२ असार ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु


काठमाडौँ। शनिबार बिहानबाट जमल स्थित नाचघरमा अन्तराष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सुरु भएको छ। चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै महोत्सब सुरु गरेका हुन्।

सोमबार २५ असार बेलुकासम्म चल्ने यो महोत्सबमा यसपटक १० वटा अफ्रिकी चलचित्र र नेपालका १२ गरी कुल २२ चलचित्र छन्। जसमा अफ्रिकाको ३ वटा बृत्तचित्र, एउटा फिचर फिल्म र ६ वर्ट सर्ट फिल्म रहेका छन्। १० वटा अफ्रिकी चलचित्र मध्य फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ। यस्तै सर्ट फिल्म तर्फ रुवान्डा र स्विजरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साईड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु वाटो छानिएको छ।

महोत्सबमा बृत्तचित्र अन्तर्गत जिम्मावेको बृत्तचित्र कलिङ द डेड, युगान्डाको बृत्तचित्र समबडी क्लाप फर मी र केन्याको बृत्तचित्र थ्याँक्यु फर द रेन रहेका छ।
महोत्सबमा नेपालबाट चारवटा फिचर फिल्म, तीन वटा सर्ट फिल्म, तीन वटा स्टुडेन्ट फिल्म र दुई वटा बृत्तचित्र प्रदर्शनका लागि छानिएका छन्। फेस्टिबलका लागि छानिएको फिचर फिल्ममा दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार श्रेष्ठ निर्देशित भाग्य रहेका छन्। यो फेस्टिबललाई छानिएको सर्ट फिल्ममा डब्बु क्षत्री निर्देशित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन्।

स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ। यस्तै बृत्तचित्र तर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेका छन्।

नेपाली चलचित्र क्षेत्रमा विभिन्न योगदान पु¥याएका १० श्रष्टालाई उद्घाटन समारोहमा सम्मानित गरियो। सम्मानित हुनेमा चलचित्र तथा भिडियो निर्देशक उमेश गुरुङ, नमित चन्द ठकुरी, चलचित्र निर्माता राजकुमार पण्डित, अभिनेता सँजय खतिवडा, चलचित्र पत्रकारद्धय विष्णुप्रसाद सुवेदी र सविता पोखरेल, अन्तराष्ट्रिय लोकेशन तथा प्रोडक्सन म्यानेजर प्रकाश हमाल, इभेन्ट फोटोग्राफर बद्री थापा, मोडल कलाकार सचिन अधिकारी र मेकअप आर्टिष्ट चन्दा पुन रहेका छन्।
शनिबार महोत्सबमा उद्घाटनका क्रममा जर्मनी निर्माताको फिल्म ‘वाटु वाटो’ प्रदर्शन गरियो। यो फिल्म प्रदर्शन समारोहमा जर्मनी दुताबासका प्रतिनिधिको पनि सहभागिता थियो। ओस्कार अवार्डको लागि यस अघि अफ्रिकाबाट सर्ट फिल्मको सूचीमा उत्कृष्ट पाँचमा यो सिनेमा चयन भएको थियो। महोत्सबमा शनिबार नै रोशन कुमार श्रेष्ठको चलचित्र भाग्य, परिच्क्षेद सेनको चलचित्र प्रेमगञ्ज, सुमन दाहालको चलचित्र परिवार र अफ्रिकन बृत्तचित्र ‘कलिङ अफ डेड’ प्रदर्शन गरियो।

यो फेस्टिबलमा आईतबार दिउँसो १२ः३० बाट २ बजेसम्म ‘नेपाली सर्ट फिल्मको अन्तराष्ट्रिय बजार खोजी’ बिषयमा बहस हुँदैछ। यो बसहलाई फेस्टिबल कोअर्डिनेटर चिरञ्जिभी गुरागाईंले संयोजन गर्नेछन्। बहसमा चलचित्र विकाश बोर्ड सदस्य राजु केसी, चलचित्र निर्देशक पत्रकार गणेश पाण्डे, निर्देशक मनोज पण्डित र चलचित्र निर्माता सुसान्त श्रेष्ठसँग पत्रकार विष्णु सुवेदीले बहस गर्नेछन्।

यस्तै कलाकार बीरेन्द्र हमालले भोली आईतबार बिहान ७ः३० बजेबाट दिउँसो २ बजेसम्म रियल्सल हलमा छुट्टै ‘एक्टिङ वर्कसप’ गर्दैछन्। उनले ‘बडी ल्याँग्वेज, फेसियल एक्सप्रेसन र माईम एक्ट’को प्रशिक्षण दिने बताए।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यो महोत्सब भईरहेको छ।

शनिबार लचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले महोत्सब उद्घाटन गर्दै नेपाललाई अफ्रिकन मुलुकमा र अफ्रिकालाई नेपालमा चिनाउन यो महोत्सबले पुलको काम गरिरहेको छ भने। महोत्सबलाई बोर्डले आगामी दिनमा अझ राम्रो सहयोग गर्ने उनले बताए।

आयोजक तथा फेस्टिबल अध्यक्ष/डिरेक्टर डा। मञ्जु मिश्रले आर्थिक अभावका कारण यसपटक अफ्रिकाबाट नेपालमा सिनेकर्मी ल्याउन गाह्रो भएको बताईन्। १३ वर्षअघि धेरै पटक दिल्ली धाएर अनुमति पाएपछि आफुले यो महोत्सब गर्दै आएको उनले जनाईन्। महोत्सबलाई राज्यले सहयोग गर्ने पनि कथन उनको थियो।

निर्माता संघका अध्यक्ष नवल खड्काले यस्ता महोत्सबले सिनेमा संस्कृति आदनप्रदानसँगै सिनेमा सिकाउने हुँदा सरकारले महोत्सबलाई आर्थिक सहयोग गर्नुपर्छ भने। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले महोत्सबमा सिनेमा हेर्न र गोष्ठीमा भाग लिन आउन सिनेकर्मी तथा सिनेप्रेमीलाई आह्वान गरे। यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले पनि महोत्सबको सफलताको शुभकामना दिए।

महोत्सबमा सहभागी सिनेमा मध्य उत्कृष्ट सिनेमाहरुलाई अवार्ड प्रदान गर्दै २५ असार सोमबार साँझ ५ बजे यो महोत्सब सकिने महोत्सबका म्यानेजर डब्बु क्षत्रीले उद्घाटन समारोहमा बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT