कोशी प्रदेशका तीन मन्त्रीले शपथ लिए
काठमाडौँ। कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उनीहरुलाई शपथ गराएका हुन्।
नेकपा माओवादी केन्द्रबाट नियुक्त जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका हुन्। आचार्य पहिले पनि एमाले नेतृत्वको सरकारमा मन्त्री थिए। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाइँ हुन्। उनकी पत्नी गंगा दाहाल प्रचण्डको स्वकीय सचिव छन्। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ। अरु भने विनाविभागीय छन्।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए। त्यो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल
एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी
काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ
समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा
काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस