Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालतुलसीपुरमा भूमिहिनको जग्गा नाप्न सुरु

तुलसीपुरमा भूमिहिनको जग्गा नाप्न सुरु


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्साङ्कनको कार्य सुरु गरेको छ ।

राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले मङ्गलवारदेखि जग्गा नाप्न सुरु गरेको हो । वडा नं ६ बाट नाप नक्साङ्कन कार्य सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए । निस्सा वितरण भइसकेका र तथ्याङ्क प्रविष्ट गरिसकेका पालिकामा नापजाँचको काम अगाडि बढेको उनले बताए ।

छिटोभन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पु¥याउने उद्देश्यले आयोगले काम अगाडि बढाएको भन्दै अध्यक्ष रेग्मीले सबै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकाले जग्गाको वर्गीकरणदेखि सार्वजनिक जग्गाको संरक्षणको जिम्मा पनि पालिकाको नै रहेको उल्लेख गरे । पालिकामा लगत प्रविष्टीकरण कार्यमा ढिलाई भएका कारण नापनक्साङ्कनको कार्यमा ढिलाई भएकाले कार्यान्वयनमा केही समस्या भएको उनको भनाइ थियो ।

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काका अनुसार पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जनाको तथ्याङ्क रहेको छ भने जिल्लामा ७६ हजार तीन सय सात जनाको निवेदन परेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT