Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालहवाई भाडा बढ्ने

हवाई भाडा बढ्ने


काठमाडौँ । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

“सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस सङ्घमा आवद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ ।

“इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क लाग्दैन”, प्रवक्ता बर्तौलाले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

नेपाली नागरिकका लागि चीनले भिसा शुल्क नलिने

काठमाडौँ । चीनले नेपाली नागरिकबाट भिसा शुल्क नलिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार मे १ बाट चीनले नेपाली

शंखमूलस्थित एक ग्यारेजमा आगलागी

काठमाडौँ । काठमाडौँको शंखमूलस्थित एक ग्यारेजमा आइतबार आगलागी भएको छ । ग्यारेजबाट सुरु भएको आगलागी सँगै जोडिएका अरू टहरामा समेत

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

Techie IT