Techie IT
२०८१ जेठ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलिया र बेलायतबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा

अष्ट्रेलिया र बेलायतबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा


काठमाडौँ। निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बुधबारमात्रै हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्। १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङको सचिवालयले जनाएको छ । नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौँमै छन्।

एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार बिहानदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ। नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अप्रिल महिनामा अष्ट्रेलियाबाट ४ हजार पर्यटक नेपाल आए

काठमाडौँ । पछिल्लो केही महिनायता नेपालमा विदेशी पर्यटकहरुको आगमन बढेको छ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

लणडन । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्‍यो

सिड्नी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

Techie IT