Techie IT
२०८० फागुन १७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaडा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित

डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित


सिड्नी। अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक, डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुन्।

नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गरेको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गरे।

स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याएका डा. अधिकारी सो पुरस्कारबाट सम्मानित भएका हुन्।

स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, OLED खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिष्ठान अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा मुख्य योगदान रहेको छ।

दाङको देउखुरी मुसुरियाका डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्। डा. अधिकारीका २६ ओटा पेटेन्टहरु दर्ता छन्। एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ।

उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सन् १९९७ मा सीप, ज्ञान तथा नव प्रवर्तन (SKI) कमिटि गठन गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

सिड्नी । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना

मानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’

मेलबर्न । गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहजीकरणमा मेलर्बनमा फण्ड रेजिङ डिनर तथा आमा सेमिनार हुँदैछ । इस्टर्न

अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसार

सिड्नी । अष्ट्रेलियामा सोनाम ल्होसार मनाइएको छ । एडिलेडसहित अष्ट्रेलियाका विभिन्न शहरहरुमा सोनाम ल्होछार मनाइएको हो । मञ्जुश्री पात्रोअनुसार शनिबारबाट

फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने

काठमाडौँ । बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म चित्राको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार

राष्ट्रपतिसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छिन् । त्यस

अस्ट्रेलियाको शहरमा हुर्किँदै गरेकी रिभाको सारङ्गी मोह

काठमाडौँ । पछिल्लो समयमा आधुनिकीकरणतिर लम्किएको नेपाली समाजले पाश्चात्य संस्कृति, सङ्गीत र भाषा अपनाउने क्रम बढ्‌दो देखिन्छ । यस प्रवृत्तिबाट

Techie IT