युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
विस्तृतमा
'मेरो घर नभत्काउ, म यही मर्न चाहन्छु'

प्यालेस्टाइन । जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ ।
दोहोरो गोली हानाहानमा

फराह । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन् ।
पत्याउनै गाह्रो, विश्वकै अति नै अनौठा डिभोर्सका घटनाहरु

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।
३० हजार पन्छी बचाउन चीनले बनायो यस्तो रेल
एजेन्सी । चीनको गुआङ्गदोङ्ग प्रदेशको जिआङ्गमेन शहरमा विश्वकै पहिलो हाई स्पिड रेल न्वाइजर बनेको छ । दुई किलोमिटर लामो यस बेरियरको मुख्य उद्देश्य वेटल्यान्डमा बस्ने ३० हजार पन्छीलाई बचाउनु रहेको छ । यसलाई १ जुलाईमा प्रयोगमा ल्याइएको छ । यस बेरियरबाट वेटल्यान्ड ८०० मिटरको दुरीमा रहेको छ । जसमा एक सानो टापु रहेको छ, जसमा कैयौं पन्छीको गुँड पनि रहेको छ ।
विवादित अमेरिकी अल्पसङ्ख्यक महिला सांसदले ‘राष्ट्रसँग माफी माग्नुपर्छ’: ट्रम्प

वासिङ्टन । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले भनेका छन्, “मेरो विचारमा ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न सकेका छैनन् ।”
१२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ८० वर्षीय बृद्ध पक्राउ

एजेन्सी । छिमेकी राष्ट्र भारतमा १२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ८० वर्षीय बृद्ध पक्राउ परेका छन् । यो घटना आसामको विश्वनाथ जिल्लाको हो । पीडित किशोरीको नाम दिव्याङ्ग हो ।
उत्तर कोरियामा भएको स्थानीय निर्वाचनमा ९९.९८ प्रतिशत मतदाता सहभागी

प्योङयाङ । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) मा आइतबार स्थानीय स्तरको जनप्रतिनिधि चयनका लागि निर्वाचन सम्पन्न भएको छ । प्रान्त, शहर तथा जिल्लास्तरीय नेतृत्व चयनका लागि स्थानीय समय अनुसार बिहान ९ बजेदेखि मतदान शुरू भै दिनभर मतदान भएको उत्तर कोरियाली राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले जनाएको छ । मतदानमा झण्डै ९९.९८ प्रतिशत मतदाताले सहभागिता जनाएका केसीएनएले जनाएको छ ।
सिँडी चढ्ने क्रममा भनाभन हुँदा चक्कु प्रहार गरी एकको हत्या– दुई जना समातिए

काठमाडौं । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि अपराधिक क्रियाकलाप बढिरहेको छ । राजधानी दिल्लीमा फटाहाहरुको एक समूहले चक्कु प्रहार गरी एक युवकको हत्या गरेका छन् । यो घटना गएरातिको हो । आइतबार साँझ नबी करिम इलाकामा सिँढी चढ्ने निहुँमा झगडा भएको थियो ।
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।
उत्तरी इराकमा सात जना लडाकू मारिए

बग्दाद । इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- केदारनाथ मन्दिर हिउँले ढाकियो
- अफगानिस्तानमा कडा जाडाेका कारण १६८ जनाको मृत्यु
- अडानी कम्पनीको शेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो
- दुई करोड छ लाख अन्तर्राष्ट्रिय पर्यटकहरू हवाई मार्गबाट मेक्सिको पुगे
- जापानमा हिमपहिरोमा परी दुई जना पर्यटकको मृत्यु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।