युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताएका छन् ।
विस्तृतमा
पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

कराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ ।
इण्डोनेसियामा एकबिहानै गयो शक्तिशाली भुकम्प

जकार्ता । इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ ।
हेलिकप्टर दुर्घटना

किभ । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

मस्को । रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ ।
लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

एजेन्सी । शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय -युएनएचसिआर- ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ ।
बाढीका कारण बङ्लादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित

ढाका । बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख जनता प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रभावितमध्ये हजारौँ परिवार विस्थापित भएका छन् । प्रकोप व्यवस्थापन विभागका अबु बाकरले झण्डै पाँच लाख जना प्रभावित भएको र १८ जिल्लामा बाढी गएको सिन्ह्वालाई जानकारी दिए ।
मेक्सिकोबाट आउने कागजातविहीन आप्रवासीलाई अमेरिकाले शरण नदिने

वासिङ्टन । अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ । कागजातविना नै अमेरिका प्रवेश गरी शरणार्थीको मान्यताका लागि पर्ने निवेदनलाई नियन्त्रण गर्ने प्रयासस्वरूप अमेरिकी ट्रम्प प्रशासनले उक्त कदम चालेको हो ।
इरानी विदेशमन्त्रीलाई संयुक्त राष्ट्रसंघको भ्रमण गर्न प्रवेशाज्ञा

वासिङटन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिएका छन् । यो पछिल्लो समाचारले इरान र अमेरिका बीच चलिरहेको पछिल्लो वाकयुद्धका बारेमा सकारात्मक सन्देश जाने अनुमान गरिएको छ ।
अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई

एजेन्सी । इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् ।
उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

मजार–ए–शरिफ । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय ट्रेण्डिङ्ग
- अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- उत्तर कोरियाद्वारा पानीमुनि परमाणु ड्रोनकाे परीक्षण
- सिरियामा ड्रोन आक्रमणमा अमेरिकी ठेकेदार मारिए
- अमेरिकालाई चीनको चेतावनी
- युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ
- ताइपेइले होन्डुरसका लागि आफ्ना राजदूत फिर्ता बोलायो
- श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित
- दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।