सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन

शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै मन्त्रालयले नवरात्रका समयमा त्यस्ता खालका गतिविधिमा रोक लगाउन निर्देशन दिएको हो ।

गुण्डा नाइके विकास पुन पक्राउ

गुण्डा नाइके विकास पुन पक्राउ

काठमाडौँ । गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीलाई ब्यवहार गरेको भन्दै पुनलाई आफ्नै डेराबाट पक्राउ गरिएको हो । पुनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही रतनपुरस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

'द ब्रिटिस कलेज'को पार्टनर विश्वविद्यालय शिर्ष २० मा

'द ब्रिटिस कलेज'को पार्टनर विश्वविद्यालय शिर्ष २० मा

काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड (UWE) युकेमा रहेका विश्वविद्यालयमध्ये शिर्ष ३० मा पर्न सफल भएको छ । युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् ।

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नेबारे सिसिएमसी बैठकमा छलफल हुने

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नेबारे सिसिएमसी बैठकमा छलफल हुने

काठमाडौँ । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठक बस्दै छ । आजको बैठकमा काठमाडौँ उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि प्रवेश गर्ने नाकाहरुमा कडाई गर्नेबारे छलफल हुँदैछ । दैनिक हजारौंको संख्यामा संक्रमण पुष्टि भएसँगै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्नुपर्ने सरोकारवालाहरुले कुरा उठाउँदै आएका छन् ।

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–३ बुद्धचोकका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

गण्डकी प्रदेशमा कति छन् सक्रिय कोरोना संक्रमित ?

गण्डकी प्रदेशमा कति छन् सक्रिय कोरोना संक्रमित ?

कास्की । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

डा. भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं’

डा. भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको भ्रष्टाचारको आरोपको खण्डन गरेका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा मात्रै ९ अर्बको भ्रष्टाचार गरेको भन्दै लगाएको आरोपको खण्डन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने व्यवहारिक अभ्यासमा छौं’

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने व्यवहारिक अभ्यासमा छौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने व्यवहारिक अभ्यासमा रहेको बताएका छन् । विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।