कोरोना महामारीको कारण थलिएको केशलिया बोर्डिङ स्कुल कृषि फार्ममा परिणत

विराटनगर । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावितमध्येको एक क्षेत्र हो । विशेष गरेर यो अवस्थामा निजी विद्यालय तथा कलेजहरुको अवस्था निकै नाजुक बन्दै गइरहेको छ । महामारीकै कारण ‘लकडाउन’ तथा ‘निषेधाज्ञा’ हुँदा लाखौं विद्यार्थीहरु पढाईबाट बन्चित भइरहेका छन् । विस्तृतमा


जुम्लामा अज्ञात रोगले सिङ्गो गाउँ नै प्रभावित

जुम्लामा अज्ञात रोगले सिङ्गो गाउँ नै प्रभावित

खलङ्गा । जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए ।

जातीय विभेदका आधारमा प्रधानाध्यापक कुट्ने दुई जना पक्राउ

जातीय विभेदका आधारमा प्रधानाध्यापक कुट्ने दुई जना पक्राउ

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

अवैध लागुऔषधसहित गजुरीबाट एक जना पक्राउ

अवैध लागुऔषधसहित गजुरीबाट एक जना पक्राउ

धादिङ । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज बिहान प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ । गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए ।

जसले बुबाको स्मृतिमा ६ करोड खर्चेर विद्यालय भवन बनाए

जसले बुबाको स्मृतिमा ६ करोड खर्चेर विद्यालय भवन बनाए

बलेवा । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गरेका हुन् । उनीहरुका बुबा स्व. समाजसेवी हीरण्यप्रसाद ढकालको स्मृतिमा अत्याधुनिक १४ कोठे भवन निर्माण भएको छ ।

क्यान्सरसँग जुधिरहेकी विन्दु कुँवरलाई सहयोग

क्यान्सरसँग जुधिरहेकी विन्दु कुँवरलाई सहयोग

नेपालगञ्ज । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ रु पाँच लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कुँवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गरेका हुन् ।

भारत भएको निर्वाचनको कारण बन्द सीमा नाका साँझबाट सञ्चालन हुने

भारत भएको निर्वाचनको कारण बन्द सीमा नाका साँझबाट सञ्चालन हुने

नेपालगञ्ज । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ ।

राजी समुदायमा उमेर नपुग्दै विवाह, १६ वर्षदेखिका किशोरीहरु आमा बन्छन् !

राजी समुदायमा उमेर नपुग्दै विवाह, १६ वर्षदेखिका किशोरीहरु आमा बन्छन् !

लम्की । कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी आमा छन् ।

माटोमा अम्लीयपन बढ्दै, उत्पादनमा ह्रास आउन थाल्यो

माटोमा अम्लीयपन बढ्दै, उत्पादनमा ह्रास आउन थाल्यो

कञ्चनपुर । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।

सूचना आयोग स्थापना दिवसको अवसरमा स्वागत समारोह

सूचना आयोग स्थापना दिवसको अवसरमा स्वागत समारोह

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

जनप्रतिनिधि नै डोजर मालिक

जनप्रतिनिधि नै डोजर मालिक

पाल्पा । नेपाल सरकारले एक करोड रुपैया भन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयन भएको छैन ।

पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।