सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


मोटरसाइकल दुर्घटनामा परी नगरप्रवक्ता भट्टको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन– शोकमा हुम्ला

गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन– शोकमा हुम्ला

हुम्ला । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ ।

मेलम्ची खानेपानीका ठेकेदारलाई स्थानीयले फर्काइदिए !

मेलम्ची खानेपानीका ठेकेदारलाई स्थानीयले फर्काइदिए !

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु

मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु

दमौली । जिल्ला विपत् व्यवस्थापन समिति तनहुँले मनसुनको समयमा हुनसक्ने सम्भावित विपत् व्यवस्थापनका लागि तयारी शुरु गरेको छ । मनसुन शुरु हुन थालिसकेकाले बाढीपहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा क्षति हुनसक्ने भएकाले समितिले विपत् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको हो ।

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

ग्रामीण भेगमा बढ्याे महकाे खपत

ग्रामीण भेगमा बढ्याे महकाे खपत

सिरहा । विभिन्न गाउँपालिकामा उत्पादन हुने मौरीको मह सिरहाका प्रमुख बजारभन्दा ग्रामीण भेगमा नै बढी खपत हुने गरेको पाइएको छ ।

कर्मचारी आन्दोलनका कारण भक्तपुर अस्पतालका सबै सेवा ठप्प

कर्मचारी आन्दोलनका कारण भक्तपुर अस्पतालका सबै सेवा ठप्प

भक्तपुर । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ ।

चेक बाउन्समा फरार तारकेश्वरका खड्का पक्राउ

चेक बाउन्समा फरार तारकेश्वरका खड्का पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार कुमार खड्कालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो । खड्काले प्रमोद जैसवालसँग लिएको पैसा तिर्नको लागि दिएको २३ लाखको चेक खातामा पैसा नभएको कारण बाउन्स भएको थियो । खड्काले जैसवाललाई ०७४ कात्तिक ११ मा नेपाल एसबीआई बैंकको चेक दिएका थिए ।

मुआब्जा विवादले झोलुङ्गे पुल निर्माण अवरुद्ध

मुआब्जा विवादले झोलुङ्गे पुल निर्माण अवरुद्ध

काठमाडौँ । विभिन्न स्थानमा रहेको मुआब्जा विवादले झोलुङ्गे पुलको निर्माण अवरुद्ध भएको छ ।

साढे १८ किलाे अफिमसहित पाँचजना पक्राउ

साढे १८ किलाे अफिमसहित पाँचजना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।