कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भयोः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्। रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। विस्तृतमा


सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड

सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलले कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने केही दिनभित्र टुंगिने बताएका हुन्।

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको छ।

थप ६२३ जनामा कोरोना संक्रमण

थप ६२३ जनामा कोरोना संक्रमण

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

कर्णालीका राजनीतिक दलहरुद्वारा निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

कर्णालीका राजनीतिक दलहरुद्वारा निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

कर्णाली। राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। समता फाउन्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

ओलीको आक्रोशः गठबन्धन हुडारहरुको जथ्था हो, यसले ज्यूँदै टोक्न खोज्छ

ओलीको आक्रोशः गठबन्धन हुडारहरुको जथ्था हो, यसले ज्यूँदै टोक्न खोज्छ

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुडारको जथ्थाको संज्ञा दिएका छन्। स्वतन्त्र मजदूर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले सत्ता गठबन्धनलाई हुडारको जत्थाको संज्ञा दिएका हुन्।

निर्वाचनको तयारीस्वरुप छलफलमा जुट्यो जसपा

निर्वाचनको तयारीस्वरुप छलफलमा जुट्यो जसपा

काठमाडौँ। मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ।

श्रममन्त्री कुँवरले हप्ताको एक घण्टा श्रमिकसँग छलफल गर्ने

श्रममन्त्री कुँवरले हप्ताको एक घण्टा श्रमिकसँग छलफल गर्ने

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ।

पार्टीमा संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छः प्रचण्ड

पार्टीमा संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छः प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा संघर्षमा निम्ति कम प्रतिस्पर्धा हुने गरेको गुनासो गरेका छन्। शुक्रबार काठमाडौँमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले संघर्षको लागि भन्दा पनि पदको लागि प्रतिस्पर्धा हुने गरेको गुनासो गरेका हुन्।

सुनिल रिजालले काठमाडौँ ९ बाट उम्मेदवारी दिने

सुनिल रिजालले काठमाडौँ ९ बाट उम्मेदवारी दिने

काठमाडौँ। सुनिल रिजालले मंसिर ४ को संसदीय चुनावमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को डुप्लिकेटको रूपमा चर्चित रिजालले काठमाडौँ क्षेत्र नम्बर ९ उम्मेदवारी दिने घोषणा गरेका हुन्।

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उहाँहरु गाउँ पसेका हुन् ।

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

जीवनशैली

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।

विचित्र विश्व

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा ​​रहेको बताएका छन्।