मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए। ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो। हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ।
विस्तृतमा
सरकार विरूद्ध पत्रकार महासंघ पनि अान्दाेलित, प्रेस स्वतन्त्रता कुण्ठित भएकाे ठहर

काठमाडौँ । भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिताका केही प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ ।
राष्ट्रियसभाका सांसदद्वारा बकर र्इदकाे सार्वजनिक बिदा दिन माग

काठमाडौं । मुस्लिम समुदायको महान् पर्व बकर ईदमा सार्वजनिक बिदा दिन राष्ट्रिय सभाका सांसदहरूले सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाकी सांसद कविता बोगटीलेले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा कटौति गरेर गल्ती गरेको भन्दै ईदको बिदा दिनुपर्ने माग गरेकी हुन् ।
सर्वोच्चमा भीडन्तको संकेतः प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी

काठमाडौं । दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि विवाद नै सिर्जना भएको थियो । समितिले आफ्नो अधिकारको प्रयोग गरेको सत्तापक्षको तर्क थियो भने संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति अस्विकृत हुनु गलत भएको प्रतिपक्षी दल कांग्रेसको तर्क थियो । संसदीय कार्यविधि ऐन नवनेको अवस्थामा समितिले जोशीलाई अस्विकार गर्नु उचित नभएको कतिपयको तर्क छ ।
यस्ता छन् नेकपाको सचिवालय बैठकका निर्णयहरु

काठमाडौं । सोमबार साँझ बालुवाटारमा नेपाल कम्यु्निष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टीको बैठकले सांगठनिक एकीकरणका भदौ ७ गतेसम्मलाई म्याद थप गरेको छ । बैठकले सांगठनिक एकीकरणका लागि गठन भएका कार्यदललाई आगामी विहीबारसम्म प्रतिवेदन बुझाउन अन्तिम समय दिएको हो ।
नेकपाकोमजदुर सङ्गठनको एकता अझै तीन महिना लाग्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र नेकपा (माओवादी केन्द्र)को अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) बीच एकता हुन अझै तीन महिना लाग्ने छ ।
सार्वजनिक पदधारीको सम्पत्ति सार्वजनिक गर्न माग

काठमाडौँ । देशव्यापी रुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरे ।
प्रदेश ३ काे अाठ जिल्ला तत्कालीन एमाले र पाँच जिल्लामा माअाेवादी केन्द्रले नेतृत्व गर्ने

काठमाडौँ । नेपालक कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला तह समायोजनका लागि बनेको कार्यदलले प्रदेश ३ का १३ जिल्लाका लागि नेतृत्व भागबण्डा सहितको प्रतिवेदन केन्द्रलाई बुझाएको छ । कार्यदलले प्रदेशका १३ जिल्ला मध्ये ८ जिल्ला साविकको एमाले र ५ जिल्ला साविकको माओवादी केन्द्रले नेतृत्व लिने गरी सिफारिस गरेको हो ।
सांसदको गुनासो बाढीपीडितले राहत पाएनन्

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले बाढी र पहिरोपीडितको राहत तथा उद्धारमा खासै चासो नदेखाएको उनीहरुले आरोप लगाए ।
प्रकाण्ड पक्राउकै शैलीमा पक्राउ परे विप्लवका अर्का केन्द्रीय सदस्य अाजाद

भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई अदालतले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ । केही दिन पहिले भक्तपुरको कमलविनायकबाट पक्राउ परेका केसीलाई भक्तपुर जिल्ला अदालतले आइतबार रिहा गर्न आदेश दिएको थियो ।
प्रदेश १ का मुख्यमन्त्रीकाे लागि २ कराेडकाे गाडी किन्ने तयारी

विराटनगर । प्रदेश १ को सरकारले प्रदेशका मुख्यमन्त्रीको लागि २ करोडको गाडी किन्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा मुख्यमन्त्रीका लागि २ करोडको सवारीसाधनसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गाडी किन्न ५ करोड ८४ लाख बजेट छुटयाइएको हो । अहिले मुख्यमन्त्री सुनसरी–मोरङ सिँचाइ आयोजनाको पुरानो ल्यान्डक्रुजर गाडी चढिरहेका छन् ।
राजनीति ट्रेण्डिङ्ग
- कांग्रेस पदाधिकारी बैठकः निर्वाचन कानून मस्यौदाबारे छलफल
- नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै
- पार्टीको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई
- 'अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भयाे'
- अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन
- मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
- गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।