राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो ।
विस्तृतमा
धनुषा बम विस्फाेटमा प्रतिबन्धित नेकपाकाे संलग्नता रहेकाे प्रहरी दाबी

काठमाडौँ । तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
बोरिस जोनसनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसनलाई बधाई दिएका छन् । जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई गत बिहीबार भएको निर्वाचनमा भारी बहुमतका साथ विजयी भएपछि प्रधानमन्त्री ओलीले शनिबार ट्वीटरमार्फत् बधाई ज्ञापन गरेका हुन् ।
बाबुराम भट्टराईलाई रेखा थापाको सुझावः यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने

काठमाडौं । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रेखा थापाले पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति कटाक्ष गरेकी छिन् ।
उपनिर्वाचनको परिणाम निराशाजनक छैन : वरिष्ठ नेता नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पारे । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उनले बताए ।
धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाएका छन् । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उनले भनेका छन् ।
धनुषा बम विस्फाेट आततायी, अपराधीलाई कानुनकाे दायरामा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् ।
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्जन ऐन तथा नियमलाई नयाँ ऐनमा व्यवस्थित गर्न गर्न लागेको हो ।
नेपालको नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’

सर्लाही । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताएका छन् । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उनले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराए ।
विप्लव नेतृत्वको नेकपा छिन्नभिन्न भइसकेको गृहमन्त्री थापाको दाबी

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा छिन्नभिन्न भएको दाबी गरेका छन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले शान्ति सुरक्षालाई खलल पु¥याउने समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् ।
राजनीति ट्रेण्डिङ्ग
- मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
- खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने
- प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा
- माओवादी पदाधिकारी बैठकमा राष्ट्रपति र गृहमन्त्रीबारे छलफल हुने
- नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई आर्थिक संकटबारे सुझावसहित ज्ञापनपत्र बुझायो
- ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँः मुख्यमन्त्री रावल
- राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त
- गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा पार्टीले टुंग्याउने कुरा होइनः महरा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।