स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । विस्तृतमा


साउनभित्र पार्टी एकता टुंगिने माधवकुमार नेपालकाे दाबी

साउनभित्र पार्टी एकता टुंगिने माधवकुमार नेपालकाे दाबी

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताएका छन् । भरतपुरमा आज पत्रकारसँगको कुराकानीमा उनले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताए ।

सुदूरपश्चिम प्रदेशका मन्त्रीले गाडी खरीद गरेको समाचार असत्य भएकाे दाबी

सुदूरपश्चिम प्रदेशका मन्त्रीले गाडी खरीद गरेको समाचार असत्य भएकाे दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पूँजीगत खर्च बढाउन वर्षको अन्तिममा आएर मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य रहेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले मन्त्रालयमा विभिन्न सवारीसाधन खरीद गर्नुपर्ने आवश्यकता देखिएकाले जनताको सेवा र सुरक्षाका लागि प्रचलित ऐन र मापदण्डभित्र रहेर प्रदेश सरकारले सवारीसाधन खरीद गरेको स्पष्ट पारे ।

राष्ट्रियसभा बैठक : दलीय भागबण्डा नियुक्त नगर्नदेखि वृत्तचित्र बनाउने सम्मकाे सुझाव

राष्ट्रियसभा बैठक : दलीय भागबण्डा नियुक्त नगर्नदेखि वृत्तचित्र बनाउने सम्मकाे सुझाव

काठमाडौँ । सत्तापक्ष र प्रतिपक्षका सांसदले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र पदाधिकारी दलीय भागबण्डामा होइन, खुला प्रतिस्पर्धाका आधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा नेकपाका सांसद खीमलाल भट्टराईले मुलुकको गौरवका रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको केही महीनापछि रिक्त हुन लागेको उपकुलपति र पदाधिकारी दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्ने कार्यविधि बनाउन सरकारलाई सुझाव दिए ।

संसद् खुलाउने विषयमा जुटेन सहमति, सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा

संसद् खुलाउने विषयमा जुटेन सहमति, सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ । अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही घटनाका विषयमा संसदीय समिति गठन गर्ने वा नगर्ने विषयमा आआफ्ना अडानमा रहेपछि सहमति हुन नसकेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईद्वारा पार्टी कार्यालय पुगि शहीदकाे सालिकमा माल्यार्पण

पर्यटनमन्त्री योगेश भट्टराईद्वारा पार्टी कार्यालय पुगि शहीदकाे सालिकमा माल्यार्पण

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । मन्त्री नियुक्त भएको भोलिपल्ट अर्थात् बिहीबार बिहान तत्कालीन नेकपा (एमाले)को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् ।

प्रतिबन्धित नेकपाद्वारा एकै दिन २२ वटा टावरमा आगजनी

प्रतिबन्धित नेकपाद्वारा एकै दिन २२ वटा टावरमा आगजनी

काठमाडौँ । मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी गरी क्षति पुर्‍याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो ।

‘विप्लव’ समूहका कार्यकर्ताले वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी

‘विप्लव’ समूहका कार्यकर्ताले वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी

डोटी । जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ ।

योगेश भट्टराईले लिए सपथ, अरू नयाँ मन्त्री भित्रिने सम्भावना कति ?

योगेश भट्टराईले लिए सपथ, अरू नयाँ मन्त्री भित्रिने सम्भावना कति ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जुझारु, बौद्धिक र युवा नेताको रुपमा परिचित योगेश भट्टराई अन्ततः सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । उनले राष्ट्रपति विद्या भण्डारीबाट केही समयअघि मात्रै सपथ समेत लिइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको निर्वाचनताका प्रचारप्रसारको क्रममा भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङ पुगेर उनलाई जिताएर पठाए मन्त्री बनाउने जिम्मा आफ्नो भएको बताएका थिए ।

मुलुक समृद्ध बनाउन कुनै समस्या छैन : झलनाथ खनाल

मुलुक समृद्ध बनाउन कुनै समस्या छैन : झलनाथ खनाल

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताएका छन् । सूर्योदय नगरपालिकामा आज ‘२०७६/०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उनले भने, ‘मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन् ।’

संसद खुलाउने विषयमा सत्तारूढ र प्रतिपक्षी दलकाे परस्परविराेधी धारणा

संसद खुलाउने विषयमा सत्तारूढ र प्रतिपक्षी दलकाे परस्परविराेधी धारणा

काठमाडौँ । सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् । साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास गरेको बताए । सोमबारको अवरोधपछि आजसम्म तीन–चार पटक बैठक बसिसकेको उनले सञ्चारकर्मीको जिज्ञासामा जानकारी दिए ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।