स्याङ्जा–२ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् । विस्तृतमा


पर्यटनमन्त्रीमा याेगेश भट्टराई नियुक्त, चार बजे सपथ

पर्यटनमन्त्रीमा याेगेश भट्टराई नियुक्त, चार बजे सपथ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

महेश बस्नेतकाे घाेषणा : भक्तपुरका सबै दुर्गम क्षेत्रलाई सुगम बनाउँछाै

महेश बस्नेतकाे घाेषणा : भक्तपुरका सबै दुर्गम क्षेत्रलाई सुगम बनाउँछाै

भक्तपुर । सूर्यविनायक नगरपालिका–९, नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेको सो पुल उनकै पहलमा निर्माण गरिएको हो । सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताए ।

संसद्मा बुधबार पनि नाराबाजी र हाेहल्ला, अवराेध जारी

संसद्मा बुधबार पनि नाराबाजी र हाेहल्ला, अवराेध जारी

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरूले नाराबाजी गर्न थालेपछि बुधबार पनि संसद् बैठक अवरुद्ध भएको छ । काङ्ग्रेस र राजपाका सांसदले गत असारमा प्रहरी कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै निरन्तर संसद् अवरूद्ध गर्दै आइरहेका छन् ।

विप्लव समूहद्वारा दुई वटा गाडीमा आगजनी– विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला

विप्लव समूहद्वारा दुई वटा गाडीमा आगजनी– विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला

मकवानपुर । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

टीआरसीमा दर्ता भएका उजुरीउपर मानवअधिकार आयोगकाे चासाे

टीआरसीमा दर्ता भएका उजुरीउपर मानवअधिकार आयोगकाे चासाे

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका उजुरी र उजुरीउपर भएका प्रारम्भिक तथा विस्तृत छानबिनका अवस्थाबारे जानकारी लिएको छ । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले आज आयोगका सचिव ऋषिराज भण्डारी तथा कर्मचारीसँग उक्त सम्बन्धमा जानकारी लिएको हो ।

कृषकमुखी आर्थिक एवं मौद्रिक नीति ल्याउन सांसदहरूकाे माग

कृषकमुखी आर्थिक एवं मौद्रिक नीति ल्याउन सांसदहरूकाे माग

काठमाडौँ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि सबै बैंकले लगानीको १० प्रतिशत ऋण किसानलाई दिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताए ।

लेनिन विष्ट भन्छन् : प्रचण्डमा छटपटाहटकाे सुरूवात भयाे

लेनिन विष्ट भन्छन् : प्रचण्डमा छटपटाहटकाे सुरूवात भयाे

काठमाडौँ । ‘हेग लगेमा आफुलाई केही फरक नपर्ने’ भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई पूर्व माओवादी लडाकु लेनिन विष्टले ‘छटपटाहटको सुरुवात भएको’ संज्ञा दिएका छन् । सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट आएका कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आफुलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा लगेमा केही फरक नपर्ने अभिव्यक्ति गरेका थिए ।

पारिवारिक घुमघामकाे लागि यूएई भ्रमणमा निस्के प्रचण्ड

पारिवारिक घुमघामकाे लागि यूएई भ्रमणमा निस्के प्रचण्ड

काठमाडौँ । पारिवारिक घुमघामको लागि भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल पाँच दिने भ्रमणका लागि मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित यूएई प्रस्थान गरेका हुन् ।

राप्रपा महाधिवेशन जेठमा

राप्रपा महाधिवेशन जेठमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ महीनाबाट स्थानीय तहदेखिका परिषद् बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको छ ।

खडेरीका कारण समस्यामा परेका जनतालाई तत्काल राहत उपलब्ध गराउन खोटाङका सांसदको माग

खडेरीका कारण समस्यामा परेका जनतालाई तत्काल राहत उपलब्ध गराउन खोटाङका सांसदको माग

खोटाङ । यहाँका सांसदले लामो समयको खडेरीका कारण समस्यामा परेका जनतालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुङ्गा, तेह्रथुम, पाँचथर र धनकुटाबाट विजयी सांसदले सोमबार गृहमन्त्री थापालाई भेटेर खडेरीबाट पीडितलाई राहत तथा दीर्घकालीन समस्या समाधान गर्न मन्त्रीसँग माग गरेको सांसद विशाल भट्टराईले बताए ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।