कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको हो। निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विस्तृतमा


संविधानको व्यवस्थाप्रति असन्तुष्ट कानुनमन्त्री भन्छन् : प्रणालीमा सुधारको आवश्यकता छ

संविधानको व्यवस्थाप्रति असन्तुष्ट कानुनमन्त्री भन्छन् : प्रणालीमा सुधारको आवश्यकता छ

काठमाडौँ । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजनीतिक व्यक्तिले कार्यपालिका र न्यायपालिका दुवैको अधिकार प्रयोग गर्नु सरासर गलत हुने बताएका छन् ।

प्रचण्ड चीन भ्रमणमा जाने

प्रचण्ड चीन भ्रमणमा जाने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० चीन भ्रमणमा जाने भएका छन् । शुक्रबार काठमाडौँमा भएको नेपाल–चाइना मिडिया फोरमको कार्यक्रममा बोल्दै प्रचण्डले आफू चीन जान लागेको बताएका हुन् ।

निर्वाचन आयुक्त दाहालले मतदान केन्द्रको अनुगमन

निर्वाचन आयुक्त दाहालले मतदान केन्द्रको अनुगमन

काठमाडौँ । मङ्सिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ ९क० मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ ।

यसकारण ‘नेपालका लागि नेपाली’ अभियानबाट निकालिए ज्ञानेन्द्र शाही

यसकारण ‘नेपालका लागि नेपाली’ अभियानबाट निकालिए ज्ञानेन्द्र शाही

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ता भन्दै हिड्ने ज्ञानेन्द्र शाहीलाई ‘नेपालीका लागि नेपाली’ अभियानबाट निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीलाई अझै सात दिन अस्पतालमा बस्न सुझाव

प्रधानमन्त्री ओलीलाई अझै सात दिन अस्पतालमा बस्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गर्ने तयारी गरिएको छ । स्वास्थ्यमा सुधार हुँदै गएपछि उनको डायलासिस गर्ने तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको हो । मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियाथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

कानुन नबनुन्जेल टुटल र पठाओलाई नरोक्नु : यातायातमन्त्री नेम्वाङ

कानुन नबनुन्जेल टुटल र पठाओलाई नरोक्नु : यातायातमन्त्री नेम्वाङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले राइडिङ सेवा प्रदायक टुटल र पठाओलाई नरोक्न निर्देशन दिएका छन् ।मन्त्री नेम्वाङले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएका हुन् ।

चितवनमा उपनिर्वाचनको तयारी पूरा

चितवनमा उपनिर्वाचनको तयारी पूरा

चितवन । जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६, खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

काङ्ग्रेस वडाध्यक्ष नेकपा प्रवेश

काङ्ग्रेस वडाध्यक्ष नेकपा प्रवेश

काठमाडौ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

कांग्रेसवाट निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

कांग्रेसवाट निर्वाचित  वडाअध्यक्ष नेकपामा प्रवेश

बैतडी । स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

उपनिर्वाचन २०७६ः तयारी तीव्र, दलहरु घरदैलोमा

उपनिर्वाचन २०७६ः तयारी तीव्र, दलहरु घरदैलोमा

नवलपरासी । नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ । निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।