एमालेका सल्लाहकार यादवद्वारा पार्टी परित्याग

जनकपुरधाम। नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन्। विस्तृतमा


कम्युनिष्ट पार्टीकै नेतृत्वमा कर बढाएकोमा विरोध

कम्युनिष्ट पार्टीकै नेतृत्वमा कर बढाएकोमा विरोध

भद्रपुर । स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पुनर्निर्माण प्राधिकरणकाे सीर्इअाेमा पुनः सुशील ज्ञवाली

पुनर्निर्माण प्राधिकरणकाे सीर्इअाेमा पुनः सुशील ज्ञवाली

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली यसअघि पनि ओली सरकारकै पालामा सीईओ भइसकेका व्यक्ति हुन् ।

प्रधानमन्त्री ओली धरापमा, प्रचण्डको बाटो खुल्दै

प्रधानमन्त्री ओली धरापमा, प्रचण्डको बाटो खुल्दै

काठमाडौं । पछिल्लो समय सरकारको कामप्रति प्रतिपक्षी दल मात्रै होइन, आम जनता नै सन्तुष्ट हुन नसकेको संकेत पाइएको छ । विकास निर्माण नभएको र स्थानीय सरकारले अनावश्यक कर उठाएको विषय बढि चर्चामा छ । यसले संघीय सरकारलाई नै अप्ठ्यारोमा पारेको देखिन्छ ।

कालिकाेटकाे मालपाेत कार्यालयमा पड्कियाे प्रेसर कुकर बम

कालिकाेटकाे मालपाेत कार्यालयमा पड्कियाे प्रेसर कुकर बम

कालिकोट । आफुहरूले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला मालपोत र नापी कार्यालयको हाताभित्रै प्रेसर कुकर बम बिस्फोट गराएको छ । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारीविरुद्ध आज नेकपाले नेपाल बन्द आह्वान गरेको थियो । उक्त बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै नेकपाले जिल्ला मालपोत र नापी कार्यालयको हाताभित्रै प्रेसर कुकर बम बिस्फोट गराइएको हो ।

बुढीगण्डकीबाट प्रभावितहरुसँग पूँजिगत लाभकर नलिन राप्रपाको माग

बुढीगण्डकीबाट प्रभावितहरुसँग पूँजिगत लाभकर नलिन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुढीगण्डकी परियोजनाका प्रभावितहरुलाई मुआब्जा वापत दिने क्षतिपूर्ति रकममा पूँजीगत लाभकर लिने सरकारको निर्णय अनुचित, अन्यायपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको भन्दै विरोध गरेको छ ।

प्रदेश नं ७ प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित

प्रदेश नं ७ प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगित

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो ।

प्रधानमन्त्री ओलीले चन्द्रमामा रकेट पठाएको तस्बिर किन राख्नुभएन ?

प्रधानमन्त्री ओलीले चन्द्रमामा रकेट पठाएको तस्बिर किन राख्नुभएन ?

काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको छ ।

बम बाेकेर हिँडिरहेका दुर्इ जना जमलबाट पक्राउ

बम बाेकेर हिँडिरहेका दुर्इ जना जमलबाट पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा बम लिएर हिँडेका दुई जना जमलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलका अनुसार जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको हो ।

दाङमा बन्दकाे प्रभाव : यातायात, कलकारखा र शैक्षिक संस्था ठप्प

दाङमा बन्दकाे प्रभाव : यातायात, कलकारखा र शैक्षिक संस्था ठप्प

दाङ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव दाङमा परेको छ । बिहानैदेखि यातायातका साधन ठप्प रहेका छन् भने यात्रु गन्तब्यमा जान पाएका छैनन् । वर्षाका कारण जिल्लाका खोलाहरूमा सोमबार आन्तरिक बन्दमा परेका जिल्लावासी मंगलबारको बन्दले झनै समस्यामा परेका छन् । नेकपाका कार्यकर्ता कतै नदेखिए पनि जिल्लाका बजारहरु बन्द रहेका छन् ।

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”