पहिचानको आन्दोलनमा घाइते पदम लिम्बुको मृत्यु
विराटनगर। कोशी प्रदेशको विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह– कमाण्डर पदमबहादुर लिम्बुको मृत्यु भएको हो।
विस्तृतमा
सभापति देउवाद्वारा दुःख व्यक्त : दुर्घटनाकाे कारण पत्ता लगाउन आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हात कपाउँदै लेखे : अलबिदा कमरेड !

पोखरा । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित मृतक सबैलाई श्रद्धाञ्जली दिएका छन् । ‘श्रध्दान्जलीका यी शव्दहरू लेख्नु पर्दा हात काँपिरहेका छन्’, ट्वीटरमा मन्त्री अधिकारीको फोटो राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले लेखेका छन्, ‘कसले सोचेको थियो र यो जीवन्त मुस्कान यति अल्पायुको होला भनेर ?’
मेलम्ची खानेपानी आयोजनाकाे ढिलाइप्रति सरकारकाे ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे ।
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्काे आकस्मिक बैठक

काठमाण्डु । पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर आएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
विप्लवका पाँच कार्यकर्ता इलामबाट पक्राउ

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङको छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कमिटी इलामका सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका केबी लिम्बू छन् ।
माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुमाउनु पर्याे : कमल थापा

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दूराष्ट्रको पहिचान र राजसंस्था गुमाउनु परेको बताएका छन् । पूर्वको ताप्लेजुङबाट ‘मेची–महाकाली राष्ट्रिय अभियान’को सुरुवात गर्न पुगेका अध्यक्ष थापाले १२ वर्षमा पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै अब राजसंस्था र हिन्दूराष्ट्रबारे पुनर्विचार गरिनुपर्ने बताए ।
एक एक आरोप प्रमाणित गर्न चुनाैती दिन्छु : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उप–मेयर पार्वती शाह ठकुरीले लगाएका आरोपहरूको खण्डन गरेकी छन् । उपमेयर शाहले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न आरोप लगाएपछि मेयर दाहालले बुधबार भरतपुरमै पत्रकार सम्मेलन गरी उक्त आरोपहरूको खण्डन गरेकी हुन् ।
प्रहरी धरपकड बढेपछि विप्लवले दिए आन्दोलनकाे चेतावनी

काठमाडौँ । प्रहरीले आफ्ना कार्यकर्तामाथि धरपकड बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले त्यसको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् । विप्लव नेतृत्वको नेकपाले ललितपुरको नक्खुस्थित दूरसञ्चार कम्पनी एनसेलको कार्यालमा बम आक्रमण गरेपछि प्रहरीले देशैभरिबाट उक्त पार्टीको नेता/कार्यकर्ता पक्राउ गरेको छ ।
प्रदेशकाे नामाङ्कन र राजधानीकाे टुंगाे हिउँदे अधिवेशनबाट : मन्त्री आङ्बो

मङ्गलबारे । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताएका हुन् ।
मुख्यमन्त्री पौडेल भन्छन्, ‘ठेकेदारी गर्ने जनप्रतिनिधीलाई कारवाही गरिन्छ’

नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताएका छन् । विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाही गरिने बताए ।
राजनीति ट्रेण्डिङ्ग
- बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा
- गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता
- बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- पहिचानको आन्दोलनमा घाइते पदम लिम्बुको मृत्यु
- एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै
- मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै
- गण्डकी प्रदेशः सरकारबाट बाहिरिने तयारीमा माओवादी
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।