पहिचानको आन्दोलनमा घाइते पदम लिम्बुको मृत्यु

विराटनगर। कोशी प्रदेशको विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह– कमाण्डर पदमबहादुर लिम्बुको मृत्यु भएको हो। विस्तृतमा


नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग

नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गर्ने गरी कार्यदल विघटन गरेको हो ।

सांसद वलीको निधन

सांसद वलीको निधन

काठमाडौँ । प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ। गत माघ २४ गते दाङमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । ललितपुरस्थित मेडिसिटी हस्पिटल उपचार गराइरहेका सांसद वलीको शुक्रबार बिहान ३ बजेतिर निधन भएको नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले जानकारी दिए।

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

नेकपा नेता नेम्बाङले बुझाए पाठकले घुस लिएको भिडियो

काठमाडौं । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा उनले भिडियो दिएका हुन् ।

कोइराला परिवारमाथि किन खनिए देउवा ?

कोइराला परिवारमाथि किन खनिए देउवा ?

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।

मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’

मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’

पोखरा । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।

नेकपा बैठकमा एकीकरणका लागि कार्यदलले दिएको सुझावमाथि छलफल शुरु

नेकपा बैठकमा एकीकरणका लागि कार्यदलले दिएको सुझावमाथि छलफल शुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए ।

दौरा–सुरुवाल लगाएर कर्णाली प्रदेश पुगेका संयोजक भट्टराईले भने, ‘देश अनुसारको भेष !’

दौरा–सुरुवाल लगाएर कर्णाली प्रदेश पुगेका संयोजक भट्टराईले भने, ‘देश अनुसारको भेष !’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलो पटक नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवाल लगाएतका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत संयोजक डा. भट्टराईले जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएको बताएका छन् ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की

चितवन । नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ ।

काेइराला परिवार विरूद्ध सभापति देउवाले दिए आक्रामक अभिव्यक्ति

काेइराला परिवार विरूद्ध सभापति देउवाले दिए आक्रामक अभिव्यक्ति

वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कोइराला परिवार विरुद्ध आक्रामक भएका छन् । कांग्रेस पर्साले गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस पार्टी कोइराला परिवारको बपौती नभएको बताएका हुन् । ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो’, उनले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’

उप-मेयरलाई ज्यान मार्ने धम्की आए पछि चितवन काँग्रेसकाे कडा चेतावनी

उप-मेयरलाई ज्यान मार्ने धम्की आए पछि चितवन काँग्रेसकाे कडा चेतावनी

चितवन । भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहलाई ज्यान मार्ने धम्की आएको भन्दै नेपाली काँग्रेस चितवनले आपत्ती जनाएको छ । उप–प्रमुख शाहलाई सामाजिक सञ्जाल मार्फत् ज्यान मार्ने धम्की आएको जनाउँदै नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिको मनोबल गिराउने कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।