संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ होः प्रधानमन्त्री देउवा
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन्। देउवाले जनताबाट निर्वाचित, अनुमोदित प्रतिनिधि रहने संसद लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका हुन्।
विस्तृतमा
रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।
जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कालोमोसो

काठमाडौँ। विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेको छ। पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन्।
अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक छैनः सुवास नेम्वाङ

विराटनगर। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन्। संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेम्वाङले परिवर्तन चाहनेहरूले जनताको मन जितेर सहजैरुपमा मुलुकमा जुनसुकै खालको परिवर्तन पनि ल्याउन सक्ने बताए।
साउन ५ र ६ मा राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौँमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको बताएको छ।
राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदो वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ। राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो।
राष्ट्रिय सभाबाट रेल्वे विधेयक पारित
काठमाडौँ। राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सो विधेयकमाथि दफावार छलफल गरेर फास्ट ट्रयाकमा पारित गरेको हो।
वामदेवले बोलाए सचिवालय बैठक

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । संयोजक गौतमले आफ्नो निवास भैँसेपाटीमा शुक्रबार दिउँसो सचिवालय बैठक बोलाएका हुन् ।
एमाले सांसदले गरे राष्ट्रियसभा बैठक बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
शेखर समूहको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो ।
प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित उनकै निवास पुगेका हुन् ।
राजनीति ट्रेण्डिङ्ग
- एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित
- बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गठबन्धन सरकारको पहिलो प्राथमिकतामाः प्रधानमन्त्री
- स्वतन्त्र उम्मेदवारहरुले पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने
- सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता
- गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छः उद्योगमन्त्री बडू
- प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा
- बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे राजीनामा दिन तयार
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।