मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए। ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो। हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ।
विस्तृतमा
लोकतान्त्रिक प्रक्रियाबाट भाग्दिनँः रवीन्द्र मिश्र

काठमाडौँ। विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले वैचारिक विमतिहरूलाई शिष्टतापूर्वक ग्रहण गर्दै अघि बढ्ने बताएका छन्। उनले हार स्वीकार्ने तर लोकतान्त्रिक प्रक्रियाबाट नभाग्ने बरु एउटा बलियो, देशभक्त, कल्याणकारी लोकतन्त्रवादी पार्टी निर्माण गर्ने प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अर्थ मन्त्रीमा ‘आई एम द स्टेट’ भन्ने दम्भ पलायोः ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट अब बजेट नरहेको बताएका छन्। सोमबार संसदमा बोल्दै अध्यक्ष ओलीले बजेट बनाउँदाका सबैजसो मूल्य, मान्यता अर्थ मन्त्री जनार्दन शर्माले मिचेको भन्दै यसलाई बजेट भन्न अफ्ठेरो भएको बताए।
नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फेरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो ४ बजेको लागि तय भएको छ। जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई नियुक्त गरेर सोमबारै राष्ट्रपति कार्यालयलाई जानकारी गराएका हुन्।
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छः ओली (भिडियो)
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा बारे सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीबारे बिभिन्न खालका कुराहरु आएकोले गर्दा यसबारेमा सत्यतथ्य कुरा बाहिर ल्याउन माग गरेका हुन्।
कर्णालीले विज्ञापन होइन, काम गर्छः मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे ।
संसदलाई सम्बोधन गर्दै ओली (भिडियो)
काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। ओलीले समसामयिक विषयमा दलको धारणा राख्न थालेका छन्।
'आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ?'

सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?
राष्ट्रपति भण्डारीद्वारा तीनजना नयाँ मन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तीन जना नयाँ मन्त्री नियुक्ति गरेकी छन् ।
एकीकृत समाजवादीले बागमती छोड्नुपरे सुदूरपश्चिम दाबी गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेश सरकारको नेतृत्व छाडेर सुदूरपश्चिम प्रदेशमा दाबी गर्ने भएको छ । पार्टी सचिवालयको जारी बैठकमा बागमती प्रदेशबारेमा छाड्ने अवस्थामा सुदूरपश्चिम प्रदेश दाबी गरिनेबारे छलफल भएको छ ।
नवनियुक्त भारतीय राजदूत र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारे कुराकानी भएको थियो ।
राजनीति ट्रेण्डिङ्ग
- कांग्रेस पदाधिकारी बैठकः निर्वाचन कानून मस्यौदाबारे छलफल
- नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै
- पार्टीको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई
- 'अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भयाे'
- अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन
- मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
- गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।