प्रचण्डलाई शर्माको सुझावः कांग्रेसको पुच्छर बनेर सरकारमा सहभागी हुनु हुँदैन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामकुमार शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाली कांग्रेसको पुच्छर बनेर सरकारमा सहभागी हुन नहुने बताएका छन्। मंगलवार खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटमा सो सुझाव दिएका हुन्। विस्तृतमा


दोलखामा मतगणना स्थगित

दोलखामा मतगणना स्थगित

काठमाडौँ। दोलखामा मतगणना स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका– १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो। दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन्।

स्याङ्जा– २ मा धनराजलाई २ हजार १७१ मतको अग्रता

स्याङ्जा– २ मा धनराजलाई २ हजार १७१ मतको अग्रता

स्याङ्जा। स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार गुरुङले १४ हजार ३०६ मत ल्याएका छन्। नेकपा एमालेकी पद्मा अर्यालले १२ हजार १३५ मत ल्याएकी छिन्। उनीहरुको मतान्तर २ हजार १७१ रहेको छ।

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्छः रेखा शर्मा

प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्छः रेखा शर्मा

तिलोत्तमा। नेकपा माओवादी केन्द्रका नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छिन्। उनले अहिले निर्वाचनको समानुपातिक मत परिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरे।

समानुपातिक मतमा एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

समानुपातिक मतमा एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले)ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ।

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की दोब्बर मतले अगाडि

दोलखामा माओवादी केन्द्रका उम्मेदवार कार्की दोब्बर मतले अगाडि

दोलखा। दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतको अग्रता लिएका छन्। ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३ हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ८०० मत प्राप्त गरेका छन्।

बाजुरामा मतगणना रोकियो

बाजुरामा मतगणना रोकियो

धनगढी। बाजुरामा मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएको भन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको हो। मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको हो। मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अगाडि रहेका छन्।

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर

काभ्रेपलाञ्चोक । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो ।

स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी

स्याङ्जा–२ (१) मा कांग्रेसका अर्याल विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट उहाँ १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गरेका छन् ।

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।