युकेमा कोरोना संक्रमितको मृत्युदर ह्वात्तै बढ्यो

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ३६७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुगेको छ । कोरोना संक्रमण पनि तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । विस्तृतमा


यूकेका १४ साहित्यिक संस्थाको सहभागितामा वातावरण साहित्य गोष्ठी सम्पन्न

यूकेका १४ साहित्यिक संस्थाको सहभागितामा वातावरण साहित्य गोष्ठी सम्पन्न

लण्डन । प्रकृतिझैं हरियो पहिरनमा सजिएर आएका सर्जकहरू भरी भराउ रहेको वातावरण साहित्य गोष्ठी आइतबार लण्डनको चार्ल्टनमा भव्य रूपमा सम्पन्न भएको छ । युकेमा रहेका विभिन्न १४ वटा साहित्यिक संघसंस्थाहरूको संयुक्त आयोजनामा भएको यो तेस्रो बृहत साहित्य गोष्ठी हो ।

नेपाली ओपन कन्सर्ट आउंदो शनिबार, चर्चित कलाकारहरुले प्रस्तुति गर्दै

नेपाली ओपन कन्सर्ट आउंदो शनिबार, चर्चित कलाकारहरुले प्रस्तुति गर्दै

बाचस्पती रेग्मी, अल्डरसट । मगर संघ युकेले यस वर्षको नेपाली ओपन कन्सर्ट फान्बररो फुटवल क्वलको खेल मैदानमा आउंदो शनिबार ९ जुनमा गर्दैछ । शनिबार अल्डरसटको प्यालेस रेष्टुरेन्टमा एक प्रेस मिट कार्यक्रम गर्दै संघले नेपाल आइडलका सागर आले , लोक गायक विमल क्षत्री, गायिका प्रिति आले, गायिका मीना लामा र गायक पदम थापाले कन्सर्टमा प्रस्तुति गर्ने जानकारी दियो ।

सहारा यूकेलाई 'ह्याम्पशायर एफए' अवार्ड

सहारा यूकेलाई 'ह्याम्पशायर एफए' अवार्ड

लण्डन । सहारा यूकेलाई बेलायतको ह्याम्पशायर एफएले 'ह्याम्शायर एफए इक्विलिटी च्याम्पियन अवार्ड'ले सम्मान गरेको छ । गत शनिबार साउथ ह्याम्पटन क्लबको कन्फरेन्स हलमा आयोजित समारोहमा सहारालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

स्कटल्याण्डको एबर्डिनमा सञ्चालित नेपाली भाषा कक्षा पांचौं वर्षमा

स्कटल्याण्डको एबर्डिनमा सञ्चालित नेपाली भाषा कक्षा पांचौं वर्षमा

एबर्डिन, स्कटल्याण्ड । स्कटल्याण्डको एबर्डिनमा रहेको नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले निरन्तर सञ्चालन गर्दै आएको नेपाली भाषा पठनपाठन कक्षा शुरु भएको चार बर्ष पुरा भइ पांचौं वर्षमा प्रवेश गरेको छ ।

मोक्तानको पहलमा नेपालको अनाथ आश्रमलाई बेलायतबाट २० हजार पाउण्ड सहयोग

मोक्तानको पहलमा नेपालको अनाथ आश्रमलाई बेलायतबाट २० हजार पाउण्ड सहयोग

लण्डन । लण्डनको साउथहलमा रहेको श्री सोरठी प्रजापति कम्युनिटी युकेले नेपालको भक्तपुरमा रहेको एक अनाथ आश्रमका लागि २० हजार पाउण्डको आर्थिक सहयोग गरेको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच नेपालमा रहेको मुस्कान सेवा नेपाललाई २० हजार पाउण्डको चेक हस्तान्तरण गरिएको थियो ।

डिजिटल बन्दै बेलायतको भिसा सर्भिस, फिन्गरप्रिन्ट र डकुमेन्ट अपलोड अलनाइनबाटै

डिजिटल बन्दै बेलायतको भिसा सर्भिस, फिन्गरप्रिन्ट र डकुमेन्ट अपलोड अलनाइनबाटै

हरेक आवेदकले आफ्नो एक अपोइन्टमेन्टमै सबै प्रक्रिया पूरा गर्न सक्नेछन् । भिसा आवेदकहरुले भिसा आवेदन गर्ने अपोइन्टमेन्ट पूर्व नै आफ्नो फिन्गरप्रिन्ट र डिजिटल फाइलहरु अनलाइनबाटै अपलोड गर्न समेत पाउनेछन् ।

यो वर्षको मे महिनामा बेलायतमा अहिलेसम्मकै बढी गर्मी

यो वर्षको मे महिनामा बेलायतमा अहिलेसम्मकै बढी गर्मी

बेलायतमा तापक्रमको रेकर्ड राख्न सुरु भएको १ सय वर्ष भन्दा लामो अवधिमा यो पटक मे महिनामा सबैभन्दा बढी तापक्रम मापन गरिएको हो । 

मेडस्टोन मेलाको सहयोगार्थ गोर्खा किचनमा गरियो च्यारिटी डिनर

मेडस्टोन मेलाको सहयोगार्थ गोर्खा किचनमा गरियो च्यारिटी डिनर

मेडस्टोनस्थित गोर्खा किचन रेष्टुरेन्टले मेडस्टोन मेलाको सहयोगार्थ एक च्यारिटी डिनर सांझ गरेको छ । उक्त च्यारिटीबाट ५ सय पाउण्ड संकलन गरि हस्तान्तरण गरिएको गोर्खा किचेनका सञ्चालक जीवन अधिकारीले जानकारी दिए ।

पारस खड्का र सन्दिप लामिछाने लण्डन पुगेर गरे यस्ताे अपील

पारस खड्का र सन्दिप लामिछाने लण्डन पुगेर गरे यस्ताे अपील

लण्डन । नेपाली क्रिकेट जगतका दुई सुपरस्टार पारस खड्का र सन्दिप लामिछाने अहिले लण्डनमा छन् ।

गुरुङ फिल्म 'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन

गुरुङ फिल्म  'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन

गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर निर्मित गुरुङ फिल्म 'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन गरिएको छ ।

पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।