


एनआरएनए यूके महासचिव लिम्बुलाई स्पष्टीकरण सोधिने
लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका महासचिव खुशी लिम्बुलाई स्पष्टीकरण सोधिने भएको छ। हालै बसेको संघको यूके कार्यसमितिको बैठकले परस्पर विरोधी सूचना सम्प्रेषण गरेको भन्दै लिम्बुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
विस्तृतमा
अनेसासका महेश्वर शर्मालाई भानु अवार्ड

सिड्नी। नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजना, गैर आवाशीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिति र अष्ट्रेलियन सरकारको सहयोगमा ११ जुन २०२२ शनिबार सिड्नीमा गरिएको कार्यक्रमको पहिलो सेसन अन्तर्गत भानु जयन्ती कार्यक्रममा शर्मालाई अवार्ड प्रदान गरिएको हो।
काङ्सोरे पुरस्कार बीर नेम्बाङलाई प्रदान गरिने

लण्डन । लिम्बुवान नागरिक समाज युकेले प्रदान गर्ने रु एकलाख राशिको काङ्सोरे पुरस्कार लिम्बुवानी नेता बीर नेम्बाङलाई प्रदान गर्ने भएको छ ।
बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

काठमाडौँ। बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकाले आगामी साता हस्ताक्षर गर्न लागिएको हो।
सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न

लण्डन। इको साहित्यलाई प्रवद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ। पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो। विश्व वातावरण दिवसका अवसर पारेर आईतवार जून ५ तारिखमा महासंघले एक दिने सातौं वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गरेको अध्यक्ष विजय हितानले बताए।
द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया

काठमाडौँ । ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उनले विद्यार्थीहरुसँग आफ्नो अनुभवबारे चर्चा गरिन् । कार्यक्रममा द ब्रिटिस कलेजका डाइरेक्टर महेन्द्र कँडेल र फ्याकल्टीको उपस्थिति रहेको थियो । डाइरेक्टर कँडेलले ब्राउनलीलाई स्वागत गरेका थिए ।
बिगेसोद्वारा चरणबद्ध आन्दोलन गर्ने घोषणा

लण्डन। ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज विभागले ब्रिटिस गोर्खासरह बेलायतमा आवासीय सुविधा पाउनु पर्ने माग गरेको छ। बिगेसोले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिंगापुरका प्रहरीसरहको तलब सुविधा पाउनु पर्नेलगायत १६ बुँदे सार्वजनिक गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।
पार्टीभित्रै विवाद बढेको भन्दै बोरिस जोनसनलाई राजीनामा दिन सुझाव

लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ठूलो राहत मिलेको छ । उनले संसदमा विश्वासको मत लिन सफल भएका छन् । बोरिस जोनसनले सदनमा २११ मतमध्ये १४८ मत प्राप्त गरे। योसँगै उनको प्रधानमन्त्रीको कुर्सी तत्कालका लागि सुरक्षित रहेको देखिन्छ ।
बेलायती प्रधानमन्त्री जोनसनलाई विश्वासको मत

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन् । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।
बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ ।
युके ट्रेण्डिङ्ग
- वीर नेम्बाङको जीवन यात्रा
- तत्कालिन पालुङवादेन राज्यको युफत्ता यक: एक परिचय
- फोनिज यूकेद्वारा समाचार लेखन कार्यशालाको आयोजना
- एनआरएनए यूके महासचिव लिम्बुलाई स्पष्टीकरण सोधिने
- बेलायती प्रधानमन्त्रीले गरे अर्को चुनाव जित्ने दाबी
- दुईवटा उपनिर्वाचनमा पराजयले कन्जरभेटिभ पार्टीभित्र हलचल, बोरिस जोनसन दबाबमा
- एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।