


यूकेमा सिसेक्पा तङ्नामको भव्य तयारी, चार हजार बढीले अवलोकन गर्ने चुम्लुङको दाबी
लण्डन। आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक सिसेक्पा तङ्नाम(साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी भइरहेको छ । जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेले जुलाईको तेस्रो साता सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रम आयोजना गर्न बहृत तयारी समेत सुरु गरिसकेको छ ।
विस्तृतमा
महारानीको छायामा राजकुमार चाल्र्सको बढ्दो सार्वजनिक भूमिका

लण्डन । रानी हुनु खास्सा छ । महारानी एलिजाबेथ द्वितीयभन्दा राम्ररी कसैलाई थाहा छैन जसले सिंहासनमा बसेको ७० वर्षपछि पनि त्यसबाट हट्ने कुनै सङ्केत देखाएको छैन । तर ९६ वर्षीया महारानीले आफ्नो जेठो छोरा एवम् उत्तराधिकारी राजकुमार चाल्र्सलाई बढ्दो रूपमा प्रमुख भूमिका र थप जिम्मेवारी सुम्पेकी छन् ।
स्कटल्याण्डमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया

स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने बताए।
बेलायतमा एक व्यक्ति खतरनाक रोग लागेर पनि बने १५ सन्तानका बाबु, अब अदालता चलिरहेको छ मुद्दा

लण्डन । बेलायतमा ३७ वर्षीय पुरुषले गम्भीर रोगपछि पनि वीर्यदान दान गरेकोबारे मुद्दा अदालतमा चलिरहेको छ ।
बोरिस जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब !

लण्डन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टी भित्र संसदका सदस्यहरूले पार्टीगेट काण्डमा आफ्नो चिन्ता व्यक्त गरेका छन् र पार्टीका नेता बोरिस जोनसनलाई प्रधानमन्त्रीको पद छोड्न आह्वान गरिरहेका छन्। दबाब दिने संसदहरुको संख्या पनि उत्तिकै बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनमा कुराकानी भएको छ । शनिबार उनीहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी भएको बताइएको छ । सो कुराको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्किले दिएका छन्।
बेलायतको भ्रमणमा रहेका शिक्षामन्त्रीलाई एनआरएनएको ज्ञापनपत्र

लण्डन । हालै बेलायतको भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई यहाँको गैरआवासीय नेपाली सङ्घले गैरआवासीय नेपालीहरूका लागि नेपाली नागरिकता निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

लण्डन। विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ। लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले नेम्वाङलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।
कोल्मा बहाकोट समाज यूकेको साधारणसभा सम्पन्न

लण्डन। कोल्मा बहाकोट समाज यूकेको साधारणसभा सम्पन्न भएको छ। गत आइतबार अल्डरसटस्थि एम्पायर हलमा कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सचिव देव गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष चन्द्र गुरुङले राखेका थिए।
याक्थुङलाजे (लिम्वुवान) को थिवोङ हाङयक (दश राज्य) र थिवोङहाङ (दश राजाहरु)

याक्थुङलाजेको इतिहास प्राचिन छ । यो देश कहिले बन्यो र कसरी बन्यो भन्ने बारेमा इतिहासकारहरुको मतैक्यता छैन। याक्थुङहरु बस्ने भएकोले याक्थुङलाजे भएको मान्न सकिन्छ भने याक्थुङलाजेमा बस्नेहरुलाई याक्थुङ भनेको पनि मान्न सकिन्छ ।
नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सको आह्वान

एजेन्सी । उदीयमान अर्थतन्त्रका रुपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुृख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवम् नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आह्वान गरेका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।