


यूकेमा सिसेक्पा तङ्नामको भव्य तयारी, चार हजार बढीले अवलोकन गर्ने चुम्लुङको दाबी
लण्डन। आदिवासी याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्येको एक सिसेक्पा तङ्नाम(साउने संंक्रान्ति)लाई बेलायतमा भव्य रूपले मनाउन तयारी भइरहेको छ । जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेले जुलाईको तेस्रो साता सिसेक्पा तङ्नाम साँस्कृतिक कार्यक्रम आयोजना गर्न बहृत तयारी समेत सुरु गरिसकेको छ ।
विस्तृतमा
अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे 'लण्डन टु पेरिस' साइकल यात्रा

लण्डन। अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन्। लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए।
बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छः मन्त्री पौडेल

लण्डन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन्। शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन्।
धादिङ समाज बेलायतद्वारा गायिका अस्मिता डल्लाकोटीलाई सम्मान

लण्डन। लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन्। ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो।
किरात राई यायोक्खा यूकेले मनायो उभौली साकेला

लण्डन। किरात राई यायोक्खा यूकेले साकेला उभौली भव्य रुपमा मनाएको छ। गत शनिबार आफ्नै जग्गा गेम्बल लेनमा एक कार्यक्रम गरी साकेला उभौली मनाइएको हो। कार्यक्रम सुरुवात राई समुदायको सिनियर पुर्खा रत्न राई, अध्यक्ष चन्द्रबहादुर राई र प्रमुख अथिति मन्त्री केदार कार्कीद्वारा मन्चबाट पुजास्थल राई समुदायको लोकप्रिय साकेला नृत्यका साथ प्रकृति मातामा पितृ पूजा गरिएको थियो।
लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित

लण्डन । लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ कि विजेता डल्लाकोटीलाई धादिङ समाज बेलायतले लण्डनमा सम्मान गरेको हो ।
अनेसास निर्वाचन समिति गठन

लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। आगामी कार्यसमिति २०२२/२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो। अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ८ मे, २०२२, शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।
जून ५ मा बेलायतमा सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

लण्डन। इको साहित्यलाई प्रवर्द्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ। विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो।
उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाही अस्वीकार्यः इयु

एजेन्सी । युरोपेली संघले बिहीबार चेतावनी दिदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनै पनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताको लागि खतरा हुने बताएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज नवाज सरिफलाई भेट्न लण्डन पुगे

लण्डन । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग एन (पीएमएल एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार उल्लेख गरेका छन्।
ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।