Techie IT
२०८१ चैत्र ६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थबर्जर रंगोत्सवको विजेता घोषणा

बर्जर रंगोत्सवको विजेता घोषणा


काठमाडौँ। बर्जर पेन्ट्सले सञ्चालन गरेको ‘बर्जर रंगोत्सव’को विजेता घोषणा गरिएको छ। जसअन्तर्गत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन्।

कम्पनीले दशैं–तिहार चाडपर्वको अवसरमा १ भदौ २०७९ देखि १० मंसिर २०७९ सम्म र फिफा विश्वकप–२०२२ को अवसरमा बर्जर रंगोत्सव उपभोक्ता अफर घोषणा गरेको थियो।

लक्की ड्र मार्फत गरिएको विजेता घोषणामा इटहरीका रुपेश ढुंगानाले सोनीको ७५ इन्चको एलईडी टीभी जितेका छन्। यस्तै बुटवलका भूपनारायण पौडेल र वीरगञ्जका शिवकुमार नन्दवालले सामसुङको ३४५ लिटरको रिफ्रीजेरेटर जितेका छन्।

अन्य विजेताहरुले सामसुङको ७.२ केजीको १० वटा वासिङ मेसिन, २० वटा सामसुङको ए०३७ मोबाइल फोन र ७५ वटा एक्यूफिट स्मार्ट वाच प्राप्त गरेका छन्।

चाडपर्वको रमाइलो अवसरमा खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५ हजार ५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको कम्पनीको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम शुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

Techie IT