Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना, अनलाइनबाटै २ लाखसम्मको कर्जा पाइने

एनआईसी एशिया बैंकको ‘मुद्दती खाता कर्जा’ योजना, अनलाइनबाटै २ लाखसम्मको कर्जा पाइने


काठमाडौँ। एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ। यस योजना अनुसार मुद्दती निक्षेप खाता खोलेका ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार यस कर्जाको लाभ लिन योग्य ग्राहकले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध एप्लाइ फर लोन एगेन्स एफडीयू विकल्पमा जानु पर्नेछ। उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रूपैयाँसम्मको कर्जाका लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त गर्ने छ। उक्त ओटीपी कोड हालेर शर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ।

यस योजनमार्फत २ लाख रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि मात्रै कर्जा प्राप्त गर्ने छन्।

यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म सावाँ भुक्तानी गर्नुपर्नेछ। न्यूनतम ५ हजार रूपैयाँ कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रकृया शुल्क, कर्जा भुक्तानी सुविधा, पुर्नतालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रकृयाको क्रममा जानकारी प्राप्त गर्ने छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री शुरु

काठमाडौँ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको

सुन तस्करी छानबिन गर्न आयोग बनाउने विषयमा सर्वदलीय छलफल

काठमाडौँ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा दलहरुबीच छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले डाकेको सर्वदलीय बैठकमा

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ। साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर

ग्लोबल आईएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको

आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने दर्जन विद्यार्थी पक्राउ

काठमाडौँ। मोहन वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा एक्केबद्धता जनाएर

बेकोको दशैं तिहार योजना सार्वजनिक, यस्ता छन् अफर

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक

Techie IT