गृहपृष्ठ ∕
अर्थ ∕
फोनपे र एनएमबी क्यापिटल बीच आईपीओ जारी गर्ने पुर्व तयारी सम्झौता फोनपे र एनएमबी क्यापिटल बीच आईपीओ जारी गर्ने पुर्व तयारी सम्झौता
काठमाडौँ । नेपालको अग्रनी भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ जारी गर्नका लागि पूर्व तयारी सुरु गरेको छ। जसका लागि फोनपे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।
सम्झौतासँगै एनएमबी क्यापिटलले फोनपेलाई आईपीओ जारी गर्न चाहिने पूर्व तयारी गर्न सघाउने छ । पूर्व तयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने छ । फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमवी संग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्याकारी प्रमुख दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आफूहरुलाई थप सहज हुने बताए । ‘हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ । यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं’ उनले भने ।
फोनपेका प्रमुख कार्यबारी अधिकृत दिवस सापकोटाले यो सम्झौताले हाम्रा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने दृष्टिकोणलाई थप बल पुग्ने विश्वास व्यक्त गरे । नेपालमा आईपीओ ल्याउने तयारी गरेको पहिलो फिनटेक संस्थाको रूपमा एनएमबी क्यापिटलसँग यो परिवर्तनकारी यात्रा सुरु गर्न पाउँदा खुसी लागेको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड