Techie IT
२०८० असोज ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसिटिजन्स बैंकका ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशत छुट पाउने


काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर बुटवलस्थित चौराह हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा

पोखरा। पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ। पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरु

मकवानपुर। करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। आगो बाल्ने भट्टीको केही उपकरण

दराजको ‘दराज क्यान्डी’ अनलाइन खेल सार्वजनिक

काठमाडौँ। दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पउने भएका छन्। दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा

सुनको मूल्य घट्यो

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको

शेयर बजार साढे १८ अङ्कले घट्यो

काठमाडौँ। शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ दशमलव ६० अङ्कले घटेर दुई

Techie IT