Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजारमा झन्डै ३२ अङ्कको गिरावट

शेयर बजारमा झन्डै ३२ अङ्कको गिरावट


काठमाडौँ। शेयर बजारमा झन्डै ३२ अङ्कको गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको हो।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, जलविद्युत्, बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर साढे सात प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतले ओरालो लागेको छ। समग्रमा बजार राताम्मे भए पनि आज इमर्जिङ नेपालको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ।

आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख तीन हजार कित्ता शेयर कारोबार भएका छन्। ६१ हजार तीन सय पटक भएको कारोबारबाट दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो। सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

Techie IT