Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलम्पी स्किनबारे सरकार उदासिन देखियोः पदम गिरी

लम्पी स्किनबारे सरकार उदासिन देखियोः पदम गिरी


काठमाडौँ। नेकपा एमाले सांसद पदम गिरीले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मी परिचालन गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले लम्पी स्किनबाट किसानले पालेका पशुचौपाय धमाधम मर्न थालेको भन्दै यथासिघ्र पशु स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरेका हुन्।

सांसद गिरीले पशुचौपायमा फैलिरहेको रोगप्रति सरकार उदासिन भएको आरोप लगाए। ‘किसानहरू आहालमा डुबेर बसिरहेका छन्। पीडाले रोइरहेका छन्। उनीहरूले कतैबाट सहयोग पाएका छैनन्। यस्तो संवेदनशीन विषयमा सरकार उदासिन देखियो।’

उनले ४ महिनाको अवधिमा ८ लाख पशुचौपायहरू संक्रमित भएको र २७ हजार चौपायहरू मरिसक्दा पनि सरकारले रोकथामको पहल नगरेको बताए।

सरकारको उदासिनताका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको उनको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम– २ मा सुहाङको अग्रता कायमै

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अहिलेसम्म ११ हजार ९

बझाङमा एमाले र कांग्रेसको रोचक प्रतिस्पर्धा

काठमाडौँ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना जारी रहँदा नेकपा एमाले र नेपाली कांग्रेसबीच रोचक प्रतिस्पर्धा

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

बझाङमा कांग्रेसका उम्मेदवार सिंहको अग्रता

काठमाडौँ । बझाङ १ को प्रदेश सभा उपनिर्वाचनको मत गणना भइरहँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

Techie IT