Techie IT
२०८१ असोज २८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थघाटा खाएर आलु बिक्री गर्दै किसान

घाटा खाएर आलु बिक्री गर्दै किसान


भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।

विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ ।

चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । “यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ”, विष्टले भने, “मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।”

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन् । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा गिरावट आएको छ । लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उहाँको भनाइ छ । आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्ट बताउँछन् ।

“आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे”, उनले भने, “लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।”

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई रु २८ तथा घरमा पुगेर रु २५ मा खरिद गर्ने गरेका छन् । यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताए ।

“यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मुल्य छैन”, उनले भने, “यहाँका किसानको घरबाट प्रतिकिलो रु २५ देखि रु २८ मा खरिद गरेर लैजाँदै आएका छौँ । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।”

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताउनुभयो । मूल्यको कारण यहाँका अधिकांश किसानको आलु बिक्री नभएको उहाँको भनाइ छ । “हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ”, उनले भने, “आलुले यस वर्ष राम्रो म्ूल्य पाउन सकेन । मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ ।”

उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ । बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उनले बताए । “उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन”, उनले भने, “भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ । राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।”

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताए । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उनको भनाइ छ । “यहाँको मुख्य उत्पादन नै आलु र मकै हो”, विष्टले भन्नुभयो । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न…

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट मार्फत प्रति दिन गर्न पाउने कारोबार सङ्ख्या बढाएको छ । दशैं तथा तिहारमा हुने

नेप्से दोहोरो अंकले बृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी

Techie IT