Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक

सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔँ दश गुणा बढी पाऔँ’ योजना सार्वजनिक


काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले अफरको घोषणा गरेको हो। उक्त कार्यक्रममा हास्य कलाकारका साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने छन्।

कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ। यस्तै यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले स्पष्ट गरेको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको मूल्य एक लाख पच्चिस हजार पुग्ने अनुमान

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेर प्रतितोला एक लाख १९ हजार तीन सय रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय

एनसेलबाट आजियाटा बाहिरिने

काठमाडौँ। निजी मोबाइल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ। आजियाटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय

सुनको भाउमा लगातार नयाँ रेकर्ड

काठमाडौँ। नेपाली बजारमा सुनको भाउले लगातार रेकर्ड बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक लाख १९

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर १ हजार

माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने

काठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ। यस

Techie IT