Techie IT
२०८० मंसीर १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थहुन्डाईले भोलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै

हुन्डाईले भोलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै


काठमाडौँ। दशैं, दिपावली र छठ पर्वको अवसरमा हुन्डाई नेपालले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ।

शुक्रबार १९ असोजदेखि २१ असोजसम्म सञ्चालन हुने ‘फेस्टिभ कार्निवल’ देशभरका सबै शोरुममा सञ्चालन हुनेछ।

हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ।

लाइभ फुट स्टल्स, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न डीआईवाई टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडी सम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभी हाइभोल्टेज ब्याट्री चेकअप ,मोटोर र्‍याली जस्ता अन्य विभिन्न कार्यक्रम सञ्चालन हुने छन्।

तीनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्स्ट्रा ट्रेजर हन्ट, डेली टेस्ट ड्राइभ एन्ड विन र महिला चालकहरुप्रति लक्षित हुन्डाईह्वील्स अन हिल’ जस्ता कार्यक्रमहरु पनि आयोजना गरिनेछ।

प्रतियोगितामा विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा हरपुलका वासिङ मेसिन, माइक्रोवेब ओभन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर १ हजार

माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने

काठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको मर्मतसम्भार गर्ने भएको छ। यस

सुनको भाउले आज पनि बनायो रेकर्ड

काठमाडौँ। आज नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोकेको भाउले रेकर्ड बनाएको हो।

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ। आज सोमबार शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक

सीजी मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ सोरुम

काठमाडौँ। सीजी मोटर्सले नेपालका विभिन्न तीन ठाउँमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्युटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट र

Techie IT