Techie IT
२०८१ वैशाख ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थअनलाइन बेटिङबाट २४ करोड कारोबार गरेको आरोपमा शाह पक्राउ

अनलाइन बेटिङबाट २४ करोड कारोबार गरेको आरोपमा शाह पक्राउ


काठमाडौँ। अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा झापा दमक नगरपालिका–१२ का ३० वर्षीय पिन्टुकुमार साह पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिएकाले पक्राउ गरेको जानकारी दिए।

वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ।

उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्‍दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ । सम्झौताअनुसार

सुनको भाउ बढ्यो

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५००

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो

अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने

काठमाडौँ । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर

निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली एवम् अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम

सुनको भाउ ताेलामा २ हजार ३०० सयले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा

Techie IT