Techie IT
२०८० मंसीर २३, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थबससेवा डटकमा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो

बससेवा डटकमा दशैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्यो


काठमाडौँ। अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ।

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै दशैँमा गएका यात्रुहरूले र्फकनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्। बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए। उनले भने ‘बिगतका वर्षहरुका तुलनामा यस वर्ष सिट संख्या धेरै रेहेको छ। बससेवा मार्फत अहिले दैनिक ४० हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’ यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न सक्नेछन्। बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरुमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ।

बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ। यो सँगै पोखराबाट काठमाडौ मात्र नभएर नेपालका कुनैपनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ। बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ। बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो। बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘सुत्केरी बिदा लाभ’ घोषणा

काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना कर्मचारीका लागि ‘सुत्केरी बिदा लाभ’ घोषणा गरेको छ। बैंकले यही महिना डिसेम्बरदेखि लागू हुने योजनामा

सुनको मूल्य बढ्यो

काठमाडौँ। आज नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ। आज बिहीबार शेयर बजार बढेको छ। बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारी भइरहेको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। बिहीबार काठमाडौँ रेस्पोन्सिबल बिजनेस समिट

निर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका…

काठमाडौँ। चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको आरोप लगाएका

Techie IT