Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थदोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ हुँदै

दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ हुँदै


काठमाडौंँ। दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पोे’ आयोजना हुने भएको छ। आयोजक आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले एक बिज्ञप्ती मार्फत प्रदर्शनीको जानकारी दिएको छ। असोज २५ र २६ गते ललितपुरको लबिम मलमा आयोजना हुने प्रदर्शनी प्रतियोगीतामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० बिद्यार्थीका इन्टरियर सम्बन्धि सिर्जनाहरु प्रतिस्पर्धामा राखिनेछ।

बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनिमा सहभागी ३० बिद्यार्थीले थेशिश प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनिमा प्रस्तुत गर्नेछन्, भने अर्काे ३० बिद्यार्थी कार्यक्रमको समापनसँगै दिक्ष्यन्ता समारोहमा सहभागी हुनेछन्। जहाँ उनीहरुलाई व्यवसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिने छ। बाँकी बिद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरु कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले जानकारी दिइन्।

प्रदर्शनिमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनिमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३, ३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन बिगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धि अध्ययन गराउदै आएको कलेज हो। आईआईएफटीले आफ्नो बिद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उदेश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यायन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यायन गर्ने बिद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न बिभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्सो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ।
विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा उद्घाटन, प्रमाण पत्र तथा पुरस्कार वितरण र दिक्ष्यन्ता गरेर कार्यक्रम तीन चरणमा आयोजना हुने आयोजकले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको

शेयर बजार ७ अङ्कले घट्यो

काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको

Techie IT