काठमाडौँ। लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको हो।
शेयर बजार मङ्गलवार १९, सोमवार १२ र आइतवार ३५ अङ्कभन्दा धेरैले घटेको थियो। आज उत्पादन, व्यापार र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू सबै समूहको शेयर सामान्य उकालो लागेको छ।
सबैभन्दा धेरै सिटी होटल, माण्डु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ।
आज ३७ लाख ३३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीको चार करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र
काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको
काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले
काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको