Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थअब हाम्रो पेको क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने

अब हाम्रो पेको क्यूआरमा भुक्तानी गर्दा ‘कोइली’ कराउने


काठमाडौँ। हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ। बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो।

हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआइदिने, मर्चेन्टकहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुने जस्ता समस्या बेहोर्दै आएका छन्। सोही समस्या समाधान गर्न हाम्रो पेले अडियोसहितको क्यूआर ल्याएको हो।

हाम्रो पेले बुधबार काठमाडौँस्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको सुरुवात गरेको हो। हालै मात्र हाम्रो पेले विभिन्न २० ओटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो।

मर्चेन्टका हाम्रो पेको क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकम सहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो।

हाम्रो पेको मर्चेन्ट क्यूआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने हुन्छ। जुन हाल निःशुल्क रूपमा उपलब्ध रहेको छ। तर ‘कोइली’ अडियोसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने (रेन्टल) गरी दुई विकल्प दिइएका छन्।

 

 

 

 

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको

शेयर बजार ७ अङ्कले घट्यो

काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको

Techie IT