Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थवेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित योजनाः ८ जना विजेता घोषणा

वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित योजनाः ८ जना विजेता घोषणा


काठमाडौँ। वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको ‘दशैंमा दश गुणा’ अभियानको पहिलो ‘लक्की ड्र’ को नतिजा सार्वजनिक गरेको छ।

वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरु मध्ये ८ जनाले २५ हजार रुपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन्।

कम्पनीकाअनुसार विजेता हुनेमा निर्मला पुन मगर, अनुप खड्का, रुबी खातुन, रामप्रकाश यादव, सुसिला बस्याल न्यौपाने, देवरेन देवी, मनिकाकुमारी चौधरी र सुदामा देवी मन्डल रहेका छन्।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ।

अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्र का लागि समावेश हुनेछन्। यो योजना नेपालभर ८ असोजदेखि १० मंसिरसम्म लागु हुनेछ।

यस योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले २५ हजार रूपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने ५० हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्। यदि विजेताको कारोबार रकम १ लाख रूपैयाँभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रूपैयाँ प्राप्त गर्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको

शेयर बजार ७ अङ्कले घट्यो

काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको

Techie IT