Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने


काठमाडौँ। अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ।

ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन्।

त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ।

नेपाल पे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर गर्ने अप्सन मा गई नेपाल पे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।

नेपाल पे क्यूआरमा अन्तरआबद्धताले क्यूआर भुक्तानीमा वृद्धि हुने अपेक्षा गरिएको छ।

नेपाल पे क्यूआर नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्किमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव

७ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मंसिर २० गते विकास ऋणपत्र

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

काठमाडौँ। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफा तथा संचित मुनाफाबाट चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ। आज सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको

शेयर बजार ७ अङ्कले घट्यो

काठमाडौँ। आज आइतबार शेयर बजार ७ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौँ। आज आइतबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको

Techie IT