Techie IT
२०८० मंसीर २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थजाजरकोट र रूकुम पश्चिमका भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग

जाजरकोट र रूकुम पश्चिमका भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग


काठमाडौँ। नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामाग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन्।

गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो। प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ। ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने। उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए।

राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ। आज बिहीबार शेयर बजार बढेको छ। बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारी भइरहेको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। बिहीबार काठमाडौँ रेस्पोन्सिबल बिजनेस समिट

निर्वाण चौधरीको आरोपः एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका…

काठमाडौँ। चौधरी ग्रुपका उपाध्यक्ष निर्वाण चौधरीले एनसेल प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको आरोप लगाएका

सिप्रदीको वितरक भेला सम्पन्न

काठमाडौँ। सिप्रदी अटोपार्टस प्रा.लि.ले धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरुको भेला आयोजना गरेको छ। यसको प्रमुख उद्धेश्य टाटाका

ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबिच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ। ईसेवा मनी ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइनबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सझौता भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स

सुनको मूल्य बढ्यो

काठमाडौँ। बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ।

Techie IT