Techie IT
२०८० असोज १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थनविल बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

नविल बैंकले एकैसाथ सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा


काठमाडौँ। नविल बैंकले एकैसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पुरा भएको अवसरमा बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बैंकले देशैभरका विभिन्न स्थानमा एकैसाथ ३८ नयाँ शाखाको उद्घाटन गरेको हो।

नविल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको बैंकले जनाएको छ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरु प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए। उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए। उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरुको शाखाहरु एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए। उनले डिजिटल प्रविधिको कारणले बैंकहरुको धेरै शाखा भएपनि कम कर्मचारी भएपनि शाखा सञ्चालन गर्न सकिएको बताए। उनले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए। अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए।

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि आज राति १२ बजेबाट फिर्ता

काठमाडौँ। आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्य

शेयर बजार राताम्मे हुँदै २ हजार विन्दुबाट तल

काठमाडौँ। साताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ३३ दशमलव २० अङ्कले

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिएको हो। नेपाल आयल

‘आईएमई पे’बाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

काठमाडौँ। ‘आईएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआईपी भुक्तानी

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ

कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर

गलकोट । यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य

Techie IT