दाहाल र भट्टराईलाई सेजन अवार्ड
काठमाडौँ । यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणबारेको समाचार लेखनका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।
भोला चालिसे लिबरल जर्नलिजम अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन ब्रोडकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेल, सेजन डिजिटल मिडिया अवार्ड क्लिकमाण्डुका राजेश बर्मा र सेजन छापा माध्याम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवरलाई प्रदान गरिएको छ ।
‘स्व सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई उपलब्ध गराइएको छ । सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड