गृहपृष्ठ ∕ अर्थ ∕ आज कतिले बढ्यो सुनको मुल्य ?आज कतिले बढ्यो सुनको मुल्य ? नेपाली पत्र शुक्रबार, २०८० मंसीर २९ गते, १५:१९ मा प्रकाशित अर्थ काठमाडौँ । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको थियो ।शुक्रबार एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि पुनः बढेको थियो । महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ ।अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको बिश्लेषकहरूले बताएका छन् । उनीहरुले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ ।साताको पहिलो दिन आइतबार एक हजार दुई सय २२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय ६० कायम भएको महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिए। रासस #सुनको मूल्यग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा धान चामल खरिदका लागि बाहिरियो ४० अर्बकाठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्योकाठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफरधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ? ३ ड्रिंक एण्ड ड्राइभपछि फेवातालमा खस्यो कार ४ बेसी झर्न थाले भेडीगोठ ५ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ६ टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा अर्को रिट दायर ७ मन्त्री ज्वालाले भनेः बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैनThe Film Nepal