गृहपृष्ठ ∕
अर्थ ∕
‘फोन पे’को क्यूआरबाट भुक्तानी नहुने समस्या समाधान ‘फोन पे’को क्यूआरबाट भुक्तानी नहुने समस्या समाधान
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोन पेको क्यूआर भुक्तानीमा देखिएको समस्या समाधान भएको छ । बुधबार बिहानदेखि फोन पेको क्यूआर कोडमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको थियो ।
दिउँसो करिब १ बजेतिर उक्त समस्या समाधान भएको हो । फोन पेको क्यूआर प्रयोग गरी विभिन्न बैंकमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नहुने समस्या देखिएको थियो ।
समस्या थाहा हुने बित्तिकै प्राविधिक टिमले काम थालेको र अहिले समाधान भइसकेको फोन पेका चिफ अपरेटिङ अफिसर (सीओओ) पारस कुँवरले बताए ।
क्यूआर स्क्यान गर्दा फोन पेसँग हुनुपर्ने सम्पर्क स्थापित हुन नसकेर भुक्तानी नहुने समस्या देखिएको थियो । फोन नम्बर हानेर हुने भुक्तानी र वालेटहरूमा रहेको फोन पेको क्यूआरमार्फत हुने भुक्तानीमा भने समस्या आएको थिएन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड